ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्र नीति निर्माणका लागि राष्ट्रिय संवाद आवश्यक :परराष्ट्रमन्त्री ज्ञवाली


admin
२२ पुस २०७५, आइतबार   ५ : ०१   बजे

काठमाडौं,२२ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आम सहमतिमा मुलुकको परराष्ट्र नीतिको निर्माण गर्न राष्ट्रिय संवाद गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

आफ्नो कार्यकालको दश महीनाको समीक्षा गर्दै मन्त्री ज्ञवालीले उत्तराधिकारीका रुपमा आफूले विभिन्न समस्या पाएको र अहिले मुलुकले स्वस्थ र सन्तुलित परराष्ट नीति अवलम्बन गर्दै राष्ट्रिय हित अनुकूल परराष्ट सम्बन्धको विकास गरिरहेको दाबी गर्नुभयो ।

राष्ट्रिय सञ्चार माध्यमका प्रमुखहरुसँग आज आयोजित छलफल कार्यक्रममा मन्त्री ज्ञवालीले आन्तरिक मामिलामा बाह्य हस्तक्षेप स्वीकार नगर्ने र समृद्धि अनुकूल अन्तर्राष्ट्रिय सम्बन्धको विकास गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले नेपालको विदेश नीतिको मुख्य आधार राष्ट्रिय हित रहेको पुनःस्मरण गराउनुभयो ।

सङ्घीयताको सन्दर्भमा कूटनीतिक आचारसंहितालाई समेत परिमार्जन गरिने उहाँले जानकारी दिनुभयो । विदेश नीतिमा सरकार र सञ्चार क्षेत्रबीच देखा परिरहेको खाडल (दूरी) कम गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
नेपालले हासिल गरेका राजनीतिक उपलब्धिको प्रचारप्रसार (ब्राण्डिङ) गर्दै छिमेकीसँगको सम्बन्ध थप सुधार गर्दै समृद्धि र आर्थिक विकासमा विश्व समुदायको सहयोग जुटाउन सरकारले काम गरिरहेको मन्त्री ज्ञवालीको भनाइ छ । छिमेकी भारतसँगको सम्बन्ध ठूलो सानोको सङ्कूचनका आधारमा नभई सम्बन्ध नयाँ चरणमा पुगेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले मित्रहरुलाई हाम्रो विदेश नीति स्वतन्त्र र सन्तुलित छ भन्ने विश्वास दिन सकेका छौँ । उहाँहरुमा नेपालको परराष्ट्र नीतिप्रति भरोसा उत्पन्न भएको छ ।’’

उत्तरी छिमेकी चीनसँग पनि सम्बन्ध थप सुमधुर भएको जनाउँदै उहाँले उत्तरतिरका नौवटा नाका खुलाउन भएका सहमतिको कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्नुभयो ।

नेपालमा गत वर्ष भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका कारण यस संयन्त्रको खास सक्रियता शुरु भएको अनुभव अरु मुलुकका सरकारहरुले व्यक्त गरेको उहाँले उल्लेख गर्नुभयो । आफ्नो भर्खरै सम्पन्न जापानको औपचारिक भ्रमणको स्मरण गर्दै मन्त्री ज्ञवालीले नेपाल नयाँ श्रम गन्तव्यका रुपमा जापानमा प्रवेश गरेको बताउनुभयो ।

नेपालको सफल शान्ति प्रक्रियाबारे अन्तर्राष्ट्रिय जगतमा चासो बढेको र नेपालले वैदेशिक सम्बन्धमा सन्तुलन कायम गर्नसक्ने क्षमताप्रति विश्वास बढिरहेको दाबी गर्दै उहाँले अन्य क्षेत्रीय संयन्त्रमा पनि आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सक्ने सम्भावना देखिएको उल्लेख गर्नुभयो ।

एक प्रश्नको जिज्ञासामा मन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय चासो, पीडितको सरोकार र सर्वाेच्च अदालतका फैसलालाई सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई आवश्यकता अनुकूल संशोधन गरिने जानकारी दिनुभयो ।

अर्काे प्रसङ्गमा उहाँले संयुक्त राज्य अमेरिकाको इण्डो–प्यासिफिक रणनीतिलाई कसरी हेर्ने भनेर अध्ययन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सञ्चार माध्यमले आलोचना पनि गरुन् तर त्यस्ता आलोचना तथ्यसम्मत होउन् ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group