काठमाडौं, २५ पुस । टोटनह्यामले काराबाओ कप फुटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा चेल्सीलाई पराजित गरेको छ ।
टोटनह्यामले मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा चेल्सीलाई १–० गोलको कठिन जित निकालेको हो । टोटनह्यामको जितमा ह्यारी केनले निर्णायक गोल गरे ।
खेलको २६औं मिनेटमा नै पेनाल्टीबाट टोटनह्यामले अग्रता बनाएको थियो । पेनाल्टी प्रहार गरेका केनले सजिलै बललाई जाली चुमाउँदै टोटनह्यामलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा पनि कायमै राख्दै टोटनह्यामले खेल जितेको हो ।
दोस्रो हाफमा पनि टोटनह्यामले गोल गर्ने केही अवसर खेर फालेको थियो । यता, चेल्सीले भने पहिलो र दोस्रो हाफमा पाएको सदुपयोगलाई गोल गर्न नसक्दा हार ब्यहोरेको हो ।
प्रतिक्रिया दिनुहोस्