ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खप्तड गोल्डकप : मोरङ फुटबल क्लबमाथि पुलिसको सहज जित


admin
२५ पुस २०७५, बुधबार   ८ : १४   बजे

धनगढी, २५ पुस । यहाँ जारी ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप’ प्रतियोगिताअन्तर्गत आज भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले मोरङ फुटबल क्लबमाथि सहज जित निकालेको छ ।

नेपाल पुलिसले मोरङ फुटबल क्लबलाई ३–० गोलले पराजित गरेको हो । तीर्थ रानाले ह्याट्रिक पूरा गरेसँगै नेपाल पुलिसले मोरङमाथि सहज जित निकालेको हो । जितसँगै नेपाल पुलिस क्वाटर फाइनलमा प्रवेश गरेको छ । पुलिसले खेलको शुरुआती समयदेखि मोरङमाथि दबाब बनाएको थियो ।

खेल शुरु भएको सातौँ मिनेटमा पहिलो गोल गरी तीर्थले पुलिसलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । पैँतीसऔँ मिनेटमा अभिषेक रिजालको उत्कृष्ट ‘मुभ’मा तीर्थले पुलिसको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा पनि पुलिसले आक्रमक रणनीतिलाई कायम राख्दै पोस्टमा आक्रमण गरिरह्यो । दोस्रो हाफको इन्जुरी समयमा अभिषेकको पासमा तीर्थले गोल गर्दै ह्याट्रिक पूरा गरे ।

आजको खेलमा तीर्थ खेलको म्यान अफ द म्याच घोषित भई रु १० हजार पुरस्कार पाए । पुलिसले अब यही पुस २९ गते हुने क्वाटरफाइनलमा मनाङ–मस्र्याङ्दीको सामना गर्नेछ । बिहीबारको खेल भ्याली च्यासल युवा क्लब र दिल्ली युनाइटेडबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

भदौ २४ को घटनाको छानबिन आयोग बन्छ -सस्मित पोखरेल

शक्ति जोगाउन इन्फान्टिनो संघर्षरत, विरोधी मोर्चाबन्दी चर्को

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu