ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काङ्ग्रेसभित्र गुट-उपगुट अन्त्य भयो: उपसभापति निधि


admin
३० पुस २०७५, सोमबार   ४ : ५३   बजे

दुल्लु, ३० पुस । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य भई पार्टी थप मजबुत बनेको छ ।”

उपसभापति निधिले महासमिति बैठकबाट एकताको सन्देशसहित विश्वमै उत्कृष्ठ र समावेशी विधान बनाउन सफल भएको उल्लेख गर्दै “अब काङ्ग्रेस भित्रको टिके प्रर्था अन्त्य हुन्छ भन्नुभयो ।”

वर्तमान सरकारले सङ्घीयतालाई खतरामा पार्ने गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै उहाँले सङ्घीय प्रणाली नेपाली काङ्ग्रेसको एजेण्डा भएको बताउनुभयो ।

नेता निधिले मुलुकमा भइरहेको हत्या, हिंसा बलात्कार, अपराधलाई नियन्त्रण गर्न सरकार उदासिन रहेको उल्लेख गर्दै लोकतन्त्र दरिलो भएमात्रै प्रेस जगत् स्वतन्त्र हुने बताउनुभयो ।

समृद्ध मुलुक निर्माणमा प्रेसको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै उहाँले लोकतन्त्रको पर्यायवाची प्रेस जगत् भएको धारणा व्यक्त गर्नुभयो ।

नेता निधिले प्रेस स्वतन्त्रता खोस्ने काम कहिंकतैबाट हुनुहुँदैन भन्दै प्रेसमाथि सुनियोजित ढङ्गबाट आक्रमण भइरहेकोमा दुःख व्यक्त गर्नुभयो ।

नेपाल प्रेस युनियनका जिल्ला सभापति भूपेन्द्र शाहीको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, कर्णाली प्रदेशसभा सदस्य हिमबहादुर शाही, काङ्ग्रेस दैलेखका सभापति कृष्णकुमार विसी, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष चक्र केसी, नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष सीता राना लगायतले मुलुकको विकास र समृद्धिका लागि प्रेसको भूमिकाका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि कर्मचारीको २ देखि १० दिनसम्मको तलब कट्टा

रसुवा बाढीपछि बागलुङका धेरै नागरिक सम्पर्कविहीन, परिवारमा बढ्यो चिन्ता

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu