ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली नागरिकलाई सैन्य तालिम दिनुपर्छ : पूर्व प्रधानमन्त्री भट्टराई


admin
३० पुस २०७५, सोमबार   ५ : १७   बजे

 

काठमाडौं,३० पुस । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सबै नेपाली नागरिकलाई सैन्य तालिम दिनुपर्ने प्रस्ताव अघि सार्नु भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले शक्ति राष्ट्रहरुको चपेटाबाट मुलुकलाई जोगाउन पनि सबै नागरिकलाई सैन्य तालिम दिनुपर्ने प्रस्ताव अघि सार्नु भएको हो ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अमेरिका, चीन, भारतलगायतका शक्ति राष्ट्रहरुले नेपाललाई गोटी बनाउन सक्ने उल्लेख गर्दै त्यसबाट सचेत रहन पनि १८ वर्ष उमेर पुगेका हरेक नागरिकलाई सैन्य तालिम दिन उपयुक्त हुने तर्क गर्नु भयो ।

सेना र हतियारका लागि गर्ने लगानी सबै नेपालीलाई सैन्य तालिम दिन खर्च गर्न सके नागरिकले नै राष्ट्रको सुरक्षा गर्ने र मुलुक पनि समृद्ध हुने संयोजक भट्टराईको भनाई छ ।

संयोजक भट्टराईले अन्य देशसँगको आक्रमणबाट बच्नका लागि हतियार खरिद गर्नुभन्दा सो लगानी नागरिकलाई गर्न सके मुलुकमा विकास र समृद्धिको अभियानले तीव्रता पाउने विश्वास पनि व्यक्त गर्नु भयो । उहाँले नेपालले कुनै पनि राष्ट्रसँग आक्रमण गर्नुभन्दा शान्ति क्षेत्र कायम राखेर अघि बढने प्रस्ताव राख्नुपर्ने पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि कर्मचारीको २ देखि १० दिनसम्मको तलब कट्टा

रसुवा बाढीपछि बागलुङका धेरै नागरिक सम्पर्कविहीन, परिवारमा बढ्यो चिन्ता

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu