काठमाडौँ, १ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानको लिभरपुलसँगको अंक दूरी ४ मा छोट्याएको छ ।
सोमबार राति भएको खेलमा सिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई ३–० ले पराजित गरे पछि अंक दूरी घटाउन सफल भएको हो ।
लिभरपुलको ५७ अंक रहँदा सिटीको तालिकामा ५३ अंक पुगेको छ । सिटी विजयी हुँदा ग्याब्रियल जेससले २ गोल गरेका थिए ।
एक गोल भने सिटीले उपहार पाएको थियो । वुल्भरह्याम्पटनका कोनोर कोडीले आत्मघाती गोल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्