काठमाडौं, १ माघ । विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाको चरित्र हत्या गरेको भन्दै एक अनलाइन सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ काठमाडौंको शान्तिनगर बस्दै आएका २४ वर्षीय श्याम रोका छन् ।
प्रहरीका अनुसार रोका नेपाल टक र मुक्तिखबर डटकमका सञ्चालक हुन् । उनले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र नेतृ दर्शनलाई जोडेर भ्रामक र अश्लील र चरित्र हत्या गर्ने किसिमले समाचार सम्प्रेषण गरेको सिंहको भनाइ छ ।
उनीमाथि विद्युतीय अपराध तथा कसुर अन्तरगत अनुसन्धान सुरु गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्