बाजुरा,२ माघ । बाजुरा जिल्लामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका ८ नुवाकोट बस्ने ४७ वर्षीय दल बहादुर थापा रहेका छन् ।
थापालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । पीडित बालिका र अभियुक्त थापाको स्वास्थ्य परीक्षण जिल्ला स्वास्थ्य कार्यालयमा भएको छ ।
थापा माथी बाँकी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख उदवसिहँ भाटले बताए । भाटले भने ४७ वर्षीय थापाले बालीकालाई जवरजस्ती करणी गरेको बताए ।
प्रहरी प्रमुख भाटले भने, जवरजस्ती करणीका आरोपित थापालाई जवरजस्ती करणी ऐन अनुसार मुद्या दर्ता भै सकेको बताए । उनले भने ,१६ वर्ष मुनिकालाई जबरजस्ती करणीको मुद्या लाग्ने भएकाले थापालाई जवरजस्ती करणीको मुद्या दर्ता गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्