काठमाडौं, २ माघ – गोंगबुको एक ग्लास हाउसमा ग्यास सिलिन्डर विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएका छन् ।
दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए । विस्फोटमा घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेलकोटका काजी तामाङ छन् ।
घाइते हुनेहरूमा काजी तामाङ, राजु बिसी, कैलाश श्रेष्ठ, अनिल पोखरेल र रेशम तामाङ रहेको प्रारम्भिक अनुसन्धानमा खुल्नआएको निरीक्षक केसीले जानकारी दिए । घाइतेको ग्राण्डी र टिचिङमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्