ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्धिको यात्रामा सरकारबाट धोका हुँदैन : मन्त्री बाँस्कोटा


admin
२ माघ २०७५, बुधबार   ७ : ४७   बजे

 सिन्धुली, २ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताले दिएको जनमत खेर नजाने उल्लेख गर्दै समृद्धिको यात्रामा वर्तमान सरकारबाट धोका नहुने बताउनुभएको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा आयोजित प्रथम फिक्कल महोत्सवको आज उद्घाटन गर्दै उहाँले आगामी पाँच वर्षभित्र मुलक विद्युत्मा आत्मनिर्भर हुने, रेल, नेपाली झण्डासहितको पानी जहाज, इँट्टाभट्टाजस्ता साना उद्योगमा पनि योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुनेलगायतका कामबाट समृद्धि हासिल हुने जनाउनुभयो ।

उहाँले पर्यटकीय गन्तव्यको विकास, सिँचाइ, बिजुली, शिक्षा, स्वास्थ्य, कृषि, प्रविधिमा सुधार र रोजगारको प्रबन्ध गरेर नयाँ पुस्तालाई समृद्धि हस्तान्तरण गर्ने लक्ष्यमा वर्तमान सरकार इमानदार रुपमा लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई तिहाइको जनमत लिएको वर्तमान सरकारको आलोचनाका गरेर आगामी निर्वाचनमा आफ्नो दुनो सोझ्याउने सपना कसैले नदेखे हुन्छ, हामी निर्वाचनमा व्यक्त गरेका सबै प्रतिबद्धता पूरा गरेरै छाड्नेछ ।”

वृद्धभत्ताको निरन्तरताका साथै तलब खाने हरेक छोराछोरीले निश्चित हिस्सा बाबुआमाको सुरक्षा र संरक्षणका लागि विनियोजन गर्नुपर्ने र यसलाई स्थानीय सरकारले पनि कार्यान्वयन गर्ने प्रबन्ध केन्द्रीय सरकारले गर्ने मन्त्री बाँस्कोटाले उल्लेख गर्नुभयो ।

हालसम्म १४ गर्भवतीलाई हेलिकप्टरमार्फत मृत्युको मुखबाट जोगाएको जनाउँदै उहाँले नागरिको सुरक्षाका लागि सरकार जिम्मेवार रहेको उहाँको भनाइ थियो ।

सरकारले चीन, भारत र अमेरिकासँगको सम्बन्धमा नयाँ आयाम विकास, साना किसानको ऋण मिनाहा, वैदेशिक रोजगारमा काम गर्न कानूनी प्रतिरक्षाका लागि प्रतिव्यक्ति रु १५ लाखको व्यवस्था गरेको मन्त्री बाँस्कोटाले बताउनुभयो ।

उहाँले आगामी जेठभित्र फिक्कलमा टेलिफोनका टावर निर्माण भई सेवा सञ्चालन गरिने र सुनकोशी विद्यालयमा प्रविधिमा आधारित अध्ययनका लागि आवश्यक कम्युटर उपलब्ध गराउने घोषणा गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा विकास समितिका सभापति कल्याणी खड्काले अहिलेको अवस्थामा पनि कतिपय जनताले सञ्चारको सुविधा नपाउनु दुःखद भएको बताउनुभयो । सिन्धुलीका सांसद गणेश पहाडीले महोत्सवले सडक, विद्यालय, बिजुली र पर्यटन प्रवद्र्धन गर्ने बताउनुभयो ।

ओखलढुङ्गाका सांसद यज्ञराज सुनुवारले कृषि, जडीबुटी, वन र पर्यटन समृद्धिको मूल आधार भएकाले यसका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । महोत्सवमा चर्चित कलाकारको प्रस्तुति हुनेछ भने सिन्धुलीको फिक्कल अवलोकन, सुनकोशीका जलयात्रा, प्याराग्लाइडिङ, सिन्धुली कला घर, स्थानीय कृषि र अन्य उत्पादनको प्रदर्शनी महोत्सवका आकर्षण हुने गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले जानकारी दिनुभयो । करीब एक लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको सो महोत्सव यही माघ ७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group