ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७५३ स्थानीय तहमा रोजगार संयोजकको आवेदन भोलिदेखि खुल्दै


एबीसी न्यूज
३ माघ २०७५, बिहिबार   ५ : ३३   बजे

काठमाडौं, ३ माघ  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहहरुमा रोजगार संयोजकको पदपुर्ति प्रक्रिया भोलि शुक्रबारदेखि शुरु गर्ने भएको छ ।

मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर सबै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुला हुने जानकारी दिएको हो । संयोजक नियुक्तिका लागि मन्त्रालयले तयार पारेको मापदण्ड पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।

मापदण्ड अनुसार मन्त्रालयले सम्बन्धित नगर तथा गाउँपालिका मातहतमा रहने गरी नायव सुब्बा र शाखा अधिकृत सो सरहको एक एक जना संयोजक नियुक्त गर्नेछ ।

७ सय ५३ स्थानीय तहहरु मध्ये १० हजार भन्दा कम जनसंख्या भएका स्थानीय तहहरुमा नायव सुब्बा सो सरहको र १० हजार माथि जनसंख्या भएका स्थानीय तहहरुमा शाखा अधिकृत सो सरहको अस्थायी कर्मचारी भर्ना गर्ने मन्त्रालयले जनाएको छ ।

उक्त कर्मचारीले सम्बन्धित पालिकाको प्रमुख प्रशासकीय अधिकृतको अधिनमा रहेर रोजगार सेवा केन्द्र सञ्चालन गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

रोजगार संयोजकको स्वीकृत अस्थायी दरबन्दीमा मन्त्रालयले एक वर्षमा लागि प्रदेशगत रुपमा खुला प्रतिष्पर्धाद्वारा करारमा पदपुर्ति गरी स्थानीय तहमा खटाउनेछ ।

रोजगार संयोजक नियुक्ति पूर्ण रुपमा स्वतन्त्र र निष्पक्ष बनाउन मन्त्रालयले सफ्टवेयरको प्रयोग समेत गर्ने भएको छ । निष्पक्ष बनाउनका लागि मन्त्रालयले तोकिएको न्युनम शैक्षिक योग्यताको लब्धांक प्रतिशतबापत ७० प्रतिशत, न्युनतम् भन्दा माथिको शैक्षिक योग्यता बापत २० र अनुभवको प्रमाणपत्रका आधारमा अंक १० गरी सफ्टवेयरले कर्मचारी छनौट गर्नेछ ।

नायव सुब्बा सो सरहका लागि प्रविणता प्रमाण पत्र तह ९प्लस टू० र शाखा अधिकृत स्वसरहका लागि स्नातक तह उतिर्ण हुनुपर्ने गरी न्युनतम शैक्षिक योग्यता तोकिएको छ भने २१ वर्ष पुरा भई ४५ ननाघेको हुनु पर्ने गरी उमेर हद तोकिएको छ ।

संयोजकको सेवा सुविधा भने निजामति कर्मचारी सो सरह र सम्बन्धीत स्थानीय तहमा सरकारले तोके अनुसारको भत्ता दिने मन्त्रालयले जनाएको छ । प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरेर लाखौलाई रोजगार दिने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पाका २५ जना अझै सम्पर्कविहीन, नुवाकोट पुगेर वर्षमानले गृहमन्त्रीको ध्यानाकर्षण गराए

चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा राष्ट्रपति पौडेललाई समवेदना

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu