ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्रामीण विद्युतिकरण साझेदारी कार्यक्रम स्वीकृत


एबीसी न्यूज
४ माघ २०७५, शुक्रबार   १ : ४४   बजे
काठमाडौं , ४ माघ ।  दैलेख जिल्ला भैरबी गाउँपालिकाद्वारा अगाडी सारिएको सामुदायिक ग्रामीण विद्युतिकरण साझेदारी कार्यक्रमलाई नेपाल बिधुत प्राधिकरण काठमाडौंले स्वीकृत गरेको छ ।
उक्त कार्यक्रम स्वीकृत भएसङ्गै चालू आर्थिक बर्स २०७५/०७६ मा भैरबी गाउँपालिकामा रु १० करोड ३१ लाख ४७ हजार ९ सय ३१ बराबरको बिधुतिकरण कार्य सम्पन्न हुने भएको छ । नेपाल बिधुत प्राधिकरण सामुदायिक ग्रामीण बिधुतिकरण नियमावली २०७१ मा कुनैपनी स्थानीय तहले बिधुतिकरणका लागि १० प्रतिशत रकम बिनियोजन सहित आबश्यक अन्य प्रक्रिया समेत पूरा गरि माग राखेमा बाकी ९० प्रतिशत रकम नेपाल सरकारले अनुदान स्वरुप उपलब्ध गराउने उल्लेख छ ।
यसै अनुरुप भैरबी गाउँपालिकाको तर्फबाट बिनियोजित रु १ करोड ३ लाख १४ हजार ७ सय ९३ र नेपाल सरकारको तर्फबाट प्राप्त रकमसहित गरि जम्म १० करोड ३१ लाख ४७ हजार ९ सय ३१ को लगानिमा उक्त गाउँपालिकामा बिधुतिकरणको कार्यक्रम अगाडी बढाइने गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिनुभयो । सो कार्यक्रम स्वीकृत हुनेमा नेपालका ७ सय ५३ स्थानीय तहमध्य भैरबी गाउँपालिका पहिलो रहेको पनि उहाले बताउनु भयो । यसरी आबश्यक प्रक्रिया पूरा गरि पहिलो पटक कार्यक्रम स्वीकृत गराइ बिधुतिकरणको काम अगाडी बढाएकोमा खुसी व्यक्त गर्दै सामुदायिक बिधुत उपभोक्ता महासँघका अध्यक्ष नारायण ज्ञवालिले मापदण्ड पूरा गरि आएमा अन्य स्थानीय तहहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्ने बताउनु भयो ।
साथै भैरबी गाउँपालिकाबाट सुरु भएको यो कार्यक्रमले उज्यालो दैलेख अभियानको समेत सुरु भएको आफुले महशुस गरेको पनि उहाले बताउनु भयो । यसअघि गत पौष १८ गते बसेको भैरबी गाउँकार्यपालिकाको बैठकले सो कार्यक्रम संचालन गर्नका लागि गाउँपालिकाको तर्फबाट रु १ करोड रकम बिनियोजन गर्ने निर्णय सहित गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय बिधुत बितरक कार्यसमिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group