काठमाडौं,४ माघ । ढोरपाटन सुजुकी महिला भलिबल प्रतियोगिता’ शनिबार (भोली)देखि सूरु हुने भएको छ । .
ढोरपाटन क्लवले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो भलिबल प्रतियोगिता काठमाडौंको नयाँ बसपार्कस्थित क्लवको आफ्नै खेल मैदानमा आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
माघ १९ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपाल एपीएफ क्लव, न्यू डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लव, महाराजगंज, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा, त्रिभुवन आर्मी क्लव, लगनखेल, श्रीगाउँ खेलकुद विकास समिति, दाङ, चितवन टाईग्रस, चितवन, सेब स्कुल, सामाखुशी र थाहा नगरपालिका, मकवानपुर सहभागी हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनु भयो ।
प्रतियोगितामा दोस्रो हुनेलाई २ लाख, तेस्रो हुनेलाई १ लाख, चौथो, पाँचौ, छैंठौ र सातौं हुनेलाई क्रमशः ६० हजार, ४० हजार, ३० हजार र २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषदको समन्वय तथा नेपाल भलिबल संघको संयोजकत्वमा आयोजना हुने सो महिला भलिबल प्रतियोगिताको मुख्य प्रायोजक गोर्खा ब्रुअरी रहने छ ।
प्रतिक्रिया दिनुहोस्