ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकलाई कारवाही गर्ने कानून बन्दैछ : मन्त्री बाँस्कोटा


admin
६ माघ २०७५, आइतबार   ७ : २०   बजे

काभ्रेपलाञ्चोक, ६ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने सामुदायिक विद्यालयका शिक्षकलाई कारवाही गर्न कानून निर्माण हुँदै गरेको बताउनुभएको छ ।

भुम्भु गाउँपालिका–८ भुम्लुटारस्थित प्रकाश माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन तथा हस्तान्तरण समारोहमा मन्त्री बाँस्कोटाले भन्नुभयो, “आफ्ना बालबालिका निजी विद्यालयमा पढाएर सामुदायिक विद्यालयमा काम गर्ने शिक्षकलाई कारवाही गर्ने कानून बनाउन छलफल हुँदैछ, छिट्टै कानून बनाउँदैछौँ ।

” उहाँले सरकारले समुदायिक विद्यालयमा गुणस्तरीयता ल्याउनसमेत अठोट गरिसकेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले विद्यालय राजनीति गर्ने, हिंसा तथा द्वन्द्व निम्त्याउने थलो नभएको बताउनुभयो ।

उहाँले विद्यालय भविष्य बनाउने केन्द्र भएको बताउँदै “आ–आफ्नो आस्था होला, तर शिक्षकले विद्यालयमा राजनीति गर्न पाईंदैन, भविष्य बनाउने केन्द्रमा भविष्यका कर्णधारलाई गुणस्तरीय शिक्षा दिनुपर्छ” भन्नुभयो ।

मन्त्री बाँस्कोटाले सामुदायिक विद्यालयमा गुणस्तरीयतासँगै विद्यार्थी भर्ना बढेपछि निजी विद्यालयबाट धेरै जनाताको पैसा लिएर अर्बौँ कमाउने सीमित व्यक्तिको युगको अन्त्य हुने बताउनुभयो ।

उहाँले भन्नुभयो “अबको भर्ना अभियानमा हाम्रो कक्षामा सीमित सिट बाँकी छ भन्नेछौँ, साुमदायिक विद्यालयमा भर्ना गर्न नपाएपछि मात्रै निजीमा जाने बातावरण तयार हुन्छ ।”

मन्त्री बाँस्कोटाले जनताले मलाई बाटो, पुल खोइ भनेर सोधे ‘बन्दैछ’ भनिदिन्छु भन्नुभयो । “सरकारले आफ्नो ट्र्याक समातिसक्यो, अब विकासको रफ्तार बढ्दै जानेछ, कहिँकतै कमी भए तपाईहरु तत्काल मलाई भन्नुस्” उहाँले भन्नुभयो ।

प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले निर्वाचनको प्रतिबद्धताअनुसार विकासका काम भइरहेकाले निर्माण भइसकेका भौतिक संरचना सुरक्षित तवरले उपयोग गर्न आग्रह गर्नुभयो ।

भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कँुवरले भ्रष्टाचारमुक्त विकासमा आफ्नो गाउँपालिका लागिपरेको दाबी गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाई शिक्षाका प्रमुख इमनारायण श्रेष्ठले एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा प्रकाश माविको नवनिर्मित छ कोठे तीनवटा भवन तथा शौचालय रु पाँच करोड ७५ लाखको लागतमा निर्माण भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group