ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माथिल्लो तामाकोशीमा लगानीकर्ताको आकर्षण


admin
६ माघ २०७५, आइतबार   ७ : ३४   बजे

काठमाडौ,६ माघ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर कारोवार भएको एक सातामै लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा आज भएको कारोवारलाई आधार मान्ने हो भने एउटै कम्पनीको शेयर १२ हजार ४८९ पटक कारोवार भएको छ । कारोवार भएको शेयर सङ्ख्या भने सात लाख २९ हजार २३८ रहेको छ । सो कम्पनीको आजमात्रै रु २३ करोड ४३ लाख चार हजार ५३१ मूल्य बराबरको कारोवार भएको छ ।

स्टकका प्रवक्ता मुराहरि पराजुलीले अनलाइन कारोवार शुरु भएपछि एउटै कम्पनीको धेरैपटक शेयर कारोवार भएको पहिलो पटक हो । स्टकमा आज १४ हजार ४०० पटक शेयर किनबेच भएको छ ।

त्यसमा तामाकोशीको मात्रै १२ हजार ४८९ पटक शेयर कारोवार भएको छ । तर माथिल्लो तामाकोशीको शेयर मूल्यमा भने आज छ दशमलव १० प्रतिशतले घटेको छ । स्टकले गत कात्तिक २० गतेदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली शुरु गरेको हो ।

कालिका सेक्युरिटिजका प्रमुख नरेन्द्र सिजापतिले पनि एउटै कम्पनीको यति धेरैपटक शेयर कारोवार भएको पहिलो पटक भएको प्रतिक्रिया दिनुभयो ।

गत पुस २९ गतेदेखि उक्त कम्पनीको शेयर कारोवार शुरु भएको हो । कूल छ दिन कारोवार हुँदा निरन्तर पाँच दिन बजार बढेको भए पनि आज आएर घटेको हो । सो कम्पनीको १० करोड ५९ लाख कित्ता शेयर सूचीकृत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu