ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्पतालको सेवालाई गुणस्तरीय बनाउन बजेटको अभाव : उपप्रधानमन्त्री यादव


admin
९ माघ २०७५, बुधबार   ४ : ०८   बजे

काठमाडौं,९ माघ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अस्पतालहरुको सेवालाई गुणस्तरीय बनाउन बजेटको अभाव रहेको बताउका छन ।

उपप्रधानमन्त्री यादवले आफूले अस्पतालहरुको सेवालाई गुणस्तरीय बनाउन प्रयास गरिरहे पनि बजेटको अभावमा त्यसमा सुधार आउन नसकेको पनि स्पष्ट पारे ।

बुधबार मन्त्रालयले गरेको कार्य प्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रालयका लागि आवश्यक बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयले सहयोग नगरेको गुनासो पनि गरेका छन ।

उनले अर्थ मन्त्रालयले आवश्यक्ता अनुसार बजेटको व्यवस्था गरे अस्पतालको सेवा गुणस्तरीय बनाउने कामले तीव्रता पाउने विश्वास पनि व्यक्त गरे । जनशक्तिको अभावमा पनि अस्पतालहरुको गुणस्तर वृद्धि गर्न कठिनाई भईरहेको उपप्रधानमन्त्री यादवको भनाई छ ।

सरकारले चालू आर्थिक वर्षका लागि कूल बजेटको ४ प्रतिशत बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि छुट्टयाएको छ । सो बजेट तलव भत्तामै खर्च हुने भएकाले अस्पतालको सुधार गर्ने आफ्नो प्रयास असफल हुन गएको उपप्रधानमन्त्री यादवको भनाई छ ।

उपप्रधानमन्त्री यादवले अस्पतालहरुमा गुणस्तरीय सेवा दिन नसक्दा स्वास्थ्य विमा कार्यक्रम पनि प्रभावकारी हुन नसकेको स्मरण गराए ।

उनले सो कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले सबै प्रदेशमा विशेषज्ञसहितको सेवा उपलब्ध गराउने गरी अस्पतालहरुको स्तरोन्नति गर्ने तयारी गरिरहेको पनि बताए ।

उपप्रधानमन्त्री यादवले संघीयता अनुकूल हुने गरी स्वास्थ्यसम्बन्धि कानुन निर्माणको कामलाई अघि बढाएको पनि बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेशमा आयुर्वेद अस्पताल स्थापनाका लागि मन्त्रीपरिषद बैठकबाट सैद्धान्तिक स्विकृति लिएको, विराटनगरस्थित कोशी अंचल अस्पताल, वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल, चितवनस्थित भरतपुर अस्पताल, नेपालगंजस्थित भेरी अंचल अस्पताल र डडेलधुरामा रहेको उपक्षेत्रीय अस्पताललाई विशेषज्ञ सेवासहितको टरसरी अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रियालाई अघि बढाइएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group