ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको अवरोधका बीच प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा विधेयक पारित


admin
११ माघ २०७५, शुक्रबार   ३ : २१   बजे


काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ प्रतिनिधिसभाबाट पारित भएको छ ।

कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिरामणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिनुभएको थियो ।

मन्त्री पोखरेललाई मर्यादापालकले रोष्टममा पु‍याएका थिए । विधेयकमाथिको छलफलमा कसैले पनि भाग लिएनन् । लगत्तै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन संसदबाट पास भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीको नाममा रहेका दुई वटा अस्पताललाई केन्द्र मातहत नराखेको भन्दै गरिरहेको संसद अवरुद्धकै बीच विधेयक पारित भएको हो ।

प्रतिनिधिसभा बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद् पुष्पा भूसालले बहुमतको बलमा संसदमा प्रतिपक्षलाई बेवास्ता गरेर अघि बढ्न नहुने भन्दै सरकारलाई चेतावनी दिनुभएको थियो । भूषालले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई संशोधन गर्नुपर्ने भन्नै विगतमा भएका सहमतिको कार्यान्वयन गर्न सत्तापक्ष चुकेको आरोप समेत लगाउनुभयो ।

कांग्रेसको नारबाजीकै बीचमा रोष्टममा पुग्नुभएका शिक्षा मन्त्री पोखरेलले संसदमा विधेयक पेश गर्नुभएको थियो ।

संसदमा बहुमतको आधारमा पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरी राजपत्रमा प्रकाशित भएपछि ऐन कानून बन्ने छ ।

लामो समयदेखि विवादमा रहेको विधेयककै विषयमा यसअघि कांग्रेसले दुई पटक प्रतिनिधि सभा बैठक अवरुद्ध गरिसकेको छ भने एक पटक राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको थियो । संसदको अर्को बैठक माघ १७ गते बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group