ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामवरणको जन्ती बसमा करेन्ट लागेर ६ जनाको मृत्यु, बेहुला र बेहुली सकुशल


एबीसी न्यूज
१२ माघ २०७५, शनिबार   ९ : ४६   बजे


काठमाडौं,११ माघ ।  धनुषाको सबैला नगरपालिकामा एउटा जन्ती बसमा ११ हजार भोल्टको करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ।

सिन्धुलीको दुधौली नगरपालिका ४ का रामप्रसाद अधिकारी दनुवारका छोरा रामवरण दनुवारको धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा विवाहको लागि जन्ती आएको बस फर्किने बेला दुर्घटना भएको हो।

सबैला नगरपालिका ४ बाल्टियामा जन्ती बोकेर फर्किँदै गरेको ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्स बसमा शुक्रबार साँझ करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको हो। घटनामा एक दर्जन जन्ती घाइते भएका छन्।

बसको छतले विजुलीको ११ हजार भोल्टको तार छोएपछि करेन्ट लागेको थियो। करेन्ट लागेर सिन्धुली दुधौली नगरपालिका ४ का ९ वर्षिय बालक आक्रोस कुमार दनुवार, २० वर्षिय पूजा अधिकारी दनुवार, १७ वर्षिया लीला अधिकारी दनुवार, धनुषा सबैला नगरपालिका ४ की ३५ वर्षिया रेशमदेवी कुमार दनुवार र अन्दाजी ९ वर्षका बालक सुरज अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो। यस्तै गम्भीर घाईते दुधौली नगरपालिका वडा नम्बर ९ का रामबाबु अधिकारी दनुवारलाई अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषित गरेका थिए। मृतक सबैको शव राति नै पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको थियो ।।

घटनामा जलेर घाईते भएकामध्ये केहीको अवस्था अझै पनि गम्भीर छ। घाइते सबैको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ।

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना घटनास्थल पुगेको थियो। विवाह भएका बेहुला र बेहुली अर्कै गाडीमा रहेकाले उनीहरू सकुशल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group