काठमाडौं,१३ माघ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी निर्माण अभियान समितिका संयोजक आहुतिले पूँजीवादी संसदीय व्यावस्थाले उत्पिडित समुदाय तथा दलितहरुको मुक्ति संभव नदेखिएकाले अबको दलित आन्दोलन समाजवादी अर्थव्यावस्था सहितको हुनुपर्ने बताएका छन ।
उनले आइतबार काठमाडौंको अनामनगरमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन ।
कार्यक्रममा मुक्ति समाज नेपालका महासचिव गणेश विस्कर्माले दलितहरूले आफ्नो अधिकार स्थापित गर्नका लागि आफ्नै माउ पार्टीसँग संघर्ष गर्नु पर्ने बेला आएको बताए ।
त्यस्तै गरि पत्रकार महासंघका सचिव रेम विस्वकर्माले राज्यका सबै संयन्त्रहरु पूँजीवादसँग गाँजिएकाले दलित आन्दोलन अप्ठ्यारोमा परेको बताएका छन ।यस्तै विभिन्न राजनितिक दल निकट एवं संघ संगठन बाट आएका मध्य रामु परियारले दलित आन्दोलनको संयुक्त मोर्चा बनाएर संघर्षमा जानु पर्ने धारणा समेत राखे ।
दलित अधिकार कर्मी एवं बुध्दिजीवी डा.याम बहादुर किसान ,दुर्गा बराईली लगायतका सहभागीहरुले अवको दलित आन्दोलनको कार्यदिशा बारे आ९आफ्नो धारणा राखेका थिए ।
सहभागीहरुले धारणा राख्ने क्रममा दलित नेतृत्वहरु मौन रहेको र दलित मुक्तिको प्रश्न ओझेलमा पर्दै गएकोमा चिन्ता व्याक्त गरेका छन ।
कार्यक्रममा दलित विभागका संयोजक राजकुमार हिङमाङले अबको दलित आन्दोलन नयाँ शिरबाट सुरु गर्नु पर्ने भएकोले चुनौति रहेकोले गर्दा यसलाई चिर्ने क्षमता दलित तथा उत्पिडित समुदायमा नै भएकोले अगाडि बढ्नका निम्ति सबैलाई आग्रह गरेका छन ।
प्रतिक्रिया दिनुहोस्