ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकता छानबिन गर्न आयोग गठन गर्ने सरकारको प्रस्ताव कांग्रेसद्वारा अस्विकार


admin
१३ माघ २०७५, आइतबार   ३ : ४९   बजे

काठमाडौं,१३ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ‘नागरिकता छानबिन गर्न आयोग गठन गर्न कानुनी व्यवस्था गर्ने’ सरकारको प्रस्ताव अस्विकार गरिदिएको छ ।

कांग्रेसका सांसद भरतकुमार शाहले नागरिकता छानबिन गर्न आयोग गठन गर्न कानुनी व्यवस्था गर्ने सरकारको प्रस्ताव स्विकार्य नहुने अडान राखेको हो ।

आइतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उनले जन्मको आधारमा नागरिकता लिएकाहरुको छानबिन गर्न आयोग गठन गर्ने प्रावधान राखिएकोमा आपत्ति जनाएका छन ।

सांसद शाहले नागरिकतासम्बन्धी विषयमा छानबिन गर्न आयोग गठन गर्ने अधिकार सरकारलाई रहेको उल्लेख गर्दै त्यसलाई कानुनमै उल्लेख गर्न भने आवश्यक नरहेको तर्क गरे ।

उनले सरकारले आफूसँग अधिकार हुँदाहुँदै पनि नागरिकता छानबिनका लागि आयोग गठन गर्ने कानुनी प्रावधान राख्न खोजेकाले त्यसलाई स्विकार गर्न नसकिने स्पष्ट पारे ।

समितिका अर्का सदस्य एवम् राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारले नागरिकता छानवीनको विषयमा आयोग गठन गर्ने कानुनी व्यवस्था गर्ने प्रस्ताव ल्याएकोमा आपत्ति जनाए । उनले सरकारलाई विदेशी नागरिकसँग विवाह नै नगर्ने प्रस्ताव ल्याउन चेतावनीा दिए ।

विधेयकमा नागरिकता छानवीनका लागि आयोगनै गठन गर्ने प्रावधान राखिएको छ । तर त्यसप्रति प्रमुख प्रतिपक्ष दल कांग्रेसको आपत्ति छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रभावितलाई निसर्ग हस्पिटलबाट ११ लाख ११ हजार सहयोग, तीज कार्यक्रम स्थगित

रसुवातर्फबाट फेरि बाढी आउन सक्ने भन्दै नुवाकोट प्रहरीको सतर्कता

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu