ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वन मन्त्रालयले तीन नीति र आठ ऐन तर्जुमा गर्दै


admin
१३ माघ २०७५, आइतबार   ४ : ३०   बजे

काठमाडौं,१३ माघ । वन तथा वातावरण मन्त्रालयले वातावरण क्षेत्रमा विश्वको बदलिँदो परिस्थिति र संविधानको नयाँ परिवेशानुसार वन, वातावरण र जलवायुसम्बन्धी छुट्टाछुट्टै तीन नीति तर्जुमा अघि बढाएको छ ।

जलवायु परिवर्तनको अवस्थाका बारेमा सञ्चारकर्मीसँगको अन्तक्र्रियामा मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले ती तीन नीतिका आधारमा अन्य आठ ऐन बनाउने (संशोधन र नयाँ तर्जुमा) कामसमेत भइरहेको बताउनुभयो ।

वातावरणका क्षेत्रमा अन्तरराष्ट्रिय रुपमा भएका सम्झौता र प्रतिबद्धता एवं नेपालको संविधानानुसार मुलुक नयाँ संरचनामा गएपछिको अवस्थामा नीति कानून परिमार्जन गर्नुपरेको उहाँले जानकारी दिनुभयो ।

वन तथा वातावरणका अधिकारका सम्बन्धमा संविधानले निर्धारण गरेको अधिकारका कानूनमा स्पष्ट भएपछि तीनै तहका सरकारबीच यस क्षेत्रमा काम गर्न सहज हुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालय हाल कानून तर्जुमामा केन्द्रित रहेको छ । वन उत्पादनको क्षेत्र पनि भएकाले यसलाई मुलुकको आर्थिक समृद्धिसँग जोड्न थप काम भइरहेको वन सचिव डा ओलीले बताउनुभयो ।

मन्त्रालयको जलवायु परिवर्तन महाशाखा प्रमुख डा महेश्वर ढकालले जलवायु परिवर्तनको अवस्थाबारे राष्ट्रिय अन्तर्राष्ट्रिय सन्दर्भ र भावी कार्यदिशाका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीले कानून तर्जुमामा सुझाव लिन तल्लो तहदेखि संलग्न सरोकार भएका र यस क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीसँग समेत समन्वय गर्न सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group