काठमाडौं, १४ माघ । उपत्यकाको मौसम अहिले सामान्य बद्ली भएको छ । केही दिनदेखि पश्चिमी वायुको प्रभावले बदली भएको मौसम सोमबार सामान्य भएको हो । सोमबार दिउँसो भने मौसम पूर्ण रुपमा खुलेर घाम लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् राजु प्रधानाङगका अनुसार पश्चिमी पहाडी भेगमा भने सोमबार पनि पूर्ण रुपमा मौसम खुल्ने सम्भावना छैन । यो ठाउँमा पानी पार्ने मौसमी प्रणालीको प्रभाव अझै पूर्ण रुपमा नहटेकाले पूर्ण रुपमा मौसम खुल्ने सम्भावना नभएको उहाँले बताउनुभयो । काठमाडौंको बिहानको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्