ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार आधुनिक कृषि प्रणालीमा प्रतिबद्ध : मन्त्री खनाल


admin
१४ माघ २०७५, सोमबार   १२ : ४०   बजे

बर्दिवास, १४ माघ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले वर्तमान सङ्घीय सरकार कृषि क्षेत्रका सम्भावना बढाउँदै जनता प्रत्यक्ष लाभान्वित हुने योजनामा केन्द्रित रहेको बताउनुभएको छ ।

आइतबार महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–६ कृष्णपुरमा होलसेल कृषि बजार तथा कृषि प्रवद्र्धन केन्द्र स्थापनाको सम्भाव्यताबारे स्थलगत निरीक्षण गर्नुभएका मन्त्री खनालले सरकार कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउनेतर्फ योजनाबद्धरूपमा लागेको बताउनुभएको हो ।

सरकारले मुलुकका सातवटै प्रदेशमा होलसेल कृषि बजार स्थापना गर्ने निर्णय गर्दै सोका लागि धमाधम ठाउँ छनोट गर्ने, विस्तृत परियोजना प्रतिवेदन बनाउने र तत्काल निर्माण काम थाल्ने योजना अघि बढाएको मन्त्री खनालले जानकारी दिनुभयो ।

“सरकार अब कुनै जग्गा बाँझो राख्न नहुनेगरी काममा जुटेको छ”, मन्त्री खनालले, “उत्पादन र उत्पादकत्व बढाउन अब किसानको तत्परता आवश्यक छ ।” सरकार उत्पादित फसलको सुनिश्चित बजार व्यवस्थापनमा जुटिसकेको मन्त्री खनालको भनाइ थियो ।

सिँचाइको प्रबन्धदेखि कृषि ज्यावल, मल, बीउ, सुलभ ऋण र बजारको समुचित व्यवस्था गरिने उहाँले बताउनुभयो । मन्त्री खनालले बर्दिवास–६ कृष्णपुरमा यसै शैक्षिकसत्रदेखि सञ्चालनमा आएको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको पनि अवलोकन गर्नुभयो ।

यसअघि मन्त्री खनालसँग आम किसानले जग्गा उर्वर भए पनि सिँचाइ, मल, बीउ, प्राविधिक हेरचाह र बजार नहुँदा आपूmहरू दीनहीन र निरीह बन्नुपरेको गुनासो गरेका थिए ।

मन्त्री खनाललाई बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले नगरमा मेयर कृषि कार्यक्रम सञ्चालन गरेर नमूना कृषि क्षेत्र विकास गर्न निश्चित बजेट नै विनियोजन गरेर काम शुरु गरिएको जानकारी गराउनुभयो ।

सो कार्यक्रमअन्तर्गत सिँचाइ, उन्नत बीउ, मलको सरल बजार, कृषिउपज भण्डारण र बजार प्रवद्र्धनजस्ता क्षेत्रमा काम गरिने प्रमुख कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group