ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरु रिले अनसनमा


admin
१४ माघ २०७५, सोमबार   १ : ५१   बजे

काठमाडौं,१४ माघ । आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले रिले अनसन सुरु गरेका छन ।

चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै १६ औं पटक महाराजगंजस्थित शिक्षण अस्पताल हाता भित्रै रहेको गणेशमान भवनमा आमरण अनसनमा बस्नु भएका वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाको माग गर्दै सोही स्थानमा चिकित्सकहरुले सोमबारबाट रिले अनसन सुरु गरेका हुन ।

नेपाल चिकित्सक संघको आह्वानमा सुरु गरिएको रिले अनसन सोमबार बिहान १० बजेबाट सुरु गरिएको हो । वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि सरकारलाई पहल गर्न दवाव दिन रिले अनसन सुरु गरिएको आवासीय चिकित्सकहरुले बताएका छन ।

उनीहरुले डा. केसीको माग सम्बोधन नगरे अस्पतालको सबै सेवा छोडेर आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन । हाललाई अस्पतालको सेवालाई असर नपर्ने गरी उनीहरुले बिहान १० बजेबाट अपरान्ह ५ बजेसम्म रिले अनसन सुरु गरेका छन ।

नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले उपत्यकाका चिकित्सकले शिक्षण अस्पतालमा र बाहिर रहेका चिकित्सकहरुले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयहरुमा रिले अनसन सुरु गरेको जानकारी दिए । रिले अनसन सुरु गरेपनि अस्पतालको ओपीडी सेवाभने अवरोध नगर्ने चिकित्सकहरुको भनाई छ ।

तर डा. केसीको माग सुनुवाई सरकारले तत्काल नगरे उनको जीवन रक्षाका लागि अस्पतालको सबै सेवा ठप्प पार्न बाध्य हुने अवस्था आउने पनि संघका अध्यक्ष श्रेष्ठको चेतावनी छ । संघले डा. केसीको यस अघिको आमरण अनसनमा पनि साथ दिँदै आएको छ ।

सरकारले आफूसँग भएको सहमति विपरित संघीय संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराएपछि वरिष्ठ चिकित्सक केसीले आमरण अनसनलाई निरन्तरता दिने जनाउनु भएको छ । तर उहाँको स्वास्थ्य अवस्था भने झनै जटिल बन्दै गईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group