ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेयर बजार: सामान्य अङ्कले सुधार


admin
१४ माघ २०७५, सोमबार   ५ : १९   बजे

काठमाडौं,१४ माघ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर एक हजार १६४.८९ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ विन्दुले बढेर २४७.२५ विन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज १६५ कम्पनीको आठ लाख ७१ हजार ८२८ कित्ता शेयर रु २२ करोड ४३ लाख १६ हजार ५२७ मा खरीद बिक्री भए । आज कारोवार भएका कूल १० उपसमूह मध्ये ६ उपसमूहको शेयरमा वृद्धि भएको र चार उपसमूहको शेयर घटेको स्टकले जनाएको छ ।

होटल १.५६, जलविद्युत् ०.०२, उत्पादन १४.७८ र अन्य ०.९४ विन्दुले घटेका छन् । यस्तै बैंकिङ ०.९९, विकास बैंक ८.६१, वित्त ०.७८, निर्जीवन बीमा ७२.४, लघुवित्त १७.५९ र जीवन बीमा १९.८६ विन्दुले बढेको छ ।

सामान्य बढेको बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, माहुली साुमदायिक लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स कम्पनीका शेयरधनीले आज कमाएका छन् ।

यस्तै हाथवे फाइनान्स कम्पनी, मल्टिपर्पोज फाइनान्स कम्पनी, कालिका लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, बोटलर्स नेपाल तराई लिमिटेडको शेयरधनीले आज बढी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu