ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थी स्कूल नआए अभिभावकलाई फोन


एबीसी न्यूज
१५ माघ २०७५, मंगलबार   ९ : ५८   बजे

दुल्लु, १५ माघ ।  सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी स्कूल आए/ आएनन् भन्नेबारे विद्यालयका शिक्षकले खासै वास्ता गर्दैनन् । निजी विद्यालयले आफ्ना विद्यार्थी स्कूल नआए, स्कूल नआउनुको कारणबारे खोजी गर्ने गरे पनि सामुदायिक विद्यालयले त्यति चासो दिएको पाँइदैन । दैलेखका केही सामुदायिक विद्यालयले भने विद्यालय नआउने विद्यार्थीका अभिभावकलाई फोन गरी नआउनुको कारणबारे सोध्ने गरेका छन् ।

गुराँस गाउँपालिका–६ पिलाडीस्थित आदर्श आधारभूत विद्यालय चौताराले नआउने बालबालिकाका अभिभावकलाई फोन गर्ने गरेको छ । अभिभावकलाई फोन गर्दा विद्यार्थीको नियमितता बढेको सो विद्यालयका प्रधानाध्यापक योगेन्द्र रानाले बताउनुभयो । विपन्न समुदायका बालबालिका नियमित विद्यालय नआउने गरेको पाइएको छ । फोन गर्दा विद्यार्थी विद्यालय आउन थालेको राना बताउनुहुन्छ । आर्थिक तथा पारिवारिक समस्याका कारण अधिकांश विद्यार्थी विद्यालय भर्ना भए पनि नियमित भने आउँदैनन् ।

विद्यार्थी कक्षामा नियमित उपस्थित नहुनुको कारणबारे विद्यालय व्यवस्थापन समितिको बैठकमा छलफल गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव विकले बताउनुभयो । शिक्षक र अभिभावकको संयुक्त बैठकमा छलफल गरी समस्या समाधानका लागि पहल गरिने उहाँको भनाइ छ । विद्यालयमा झण्डै १५० विद्यार्थी अध्ययनरत छन् । सोही गाउँपालिकाको वडा नं ३ स्थित शान्ति माध्यामिक विद्यालयले पनि नियमित विद्यालय नआउने विद्यार्थीका अभिभावकलाई फोन गर्ने गरेको प्रधानध्यापक विष्णु शर्माले बताउनुभयो । दलित तथा जनजाति बालबालिकाको बाहुल्यता रहेको उक्त विद्यालयमा विद्यार्थी नियमित विद्यालयन नआउने समस्या छ । अभिभावकलाई फोन प्रायः कक्षा शिक्षकले गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रभावितलाई निसर्ग हस्पिटलबाट ११ लाख ११ हजार सहयोग, तीज कार्यक्रम स्थगित

रसुवातर्फबाट फेरि बाढी आउन सक्ने भन्दै नुवाकोट प्रहरीको सतर्कता

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu