ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले टस जितेर पहिले बलिङ शुरु ग¥यो


admin
१७ माघ २०७५, बिहिबार   ३ : ४२   बजे

काठमाडौं,१७ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । 

यूइईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा घरेलु टोलीविरुद्ध टस जितेको नेपालले पहिले युएईलाई ब्याटिङको निम्तो दिएको छ । 

युएईविरुद्धको खेलबाट नेपालका तीन खेलाडीले टी–२० अन्तर्राष्ट्रिय खेलमा ‘डेब्यु’ गरेका छन् । नेपालका सन्दीप जोरा, रोहित कुमार पौडेल र अविनाश बोहोराले डेब्यु गरेका हुन् । 

घरेलु टोलीविरुद्धको एकदिवसीय शृङ्खला जितेको नेपाल पहिलो टी–२० जित्ने लक्ष्यसहित मैदान उत्रिएको छ । 

तीनवटा एक दिवसीय र तीनवटा टि–२० शृङ्खलाका लागि यूएई पुगेको नेपाली टोलीले एक दिवसीय शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ । 

नेपालले टि–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत दोस्रो खेल माघ १८ र अन्तिम खेल माघ २० गते खेल्नेछ । 

राम्रो ‘फर्म’मा रहेको नेपाली टोलीलाई टि–२० शृङ्खला जितेर अर्को इतिहास रच्ने मौका आएको छ । यो समाचार तयार पर्दासम्म यूएइले चार ओभरमा एक विकेटको क्षतिमा १७ रन बनाएको छ । नेपालका लागि पहिलो ओभरमा सन्दीप लामिछानेले विकेट लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा बाढी : जलविद्युत् आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

टिमुरेबाट ११६ जनाको उद्धार, उद्धारका लागि १५ भन्दा बढी उडान

सम्बन्धित

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu