ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनी मजदूरद्वारा आज दोस्रो दिन पनि आमरण अनशन जारी


admin
१८ माघ २०७५, शुक्रबार   १२ : ५४   बजे

महोत्तरी, १८ माघ । विशेष भत्ताको माग गर्दै एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेड रामनगरका मजदूरले आज दोस्रो दिन पनि आमरण अनशन जारी राखेका छन् । 

वर्षौदेखि पाउँदै आएका सेवा सुविधा उद्योग व्यवस्थापन पक्षले कटौती गरेको भन्दै १० जना मजदूरले सामूहिकरुपमा उद्योग प्रशासनको गेट अगाडि अनिश्चितकालीन आमरण अनशनमा बसेका हुन् । 

बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी अखिल नेपाल औद्योगिक मजदूर युनियनका उपाध्यक्ष नीरबहादुर अधिकारीको नेतृत्वमा फेकन साह, दशरथ महतो, जीवनहरि उपाध्याय, ओपिन्द्र पासवान, रामसेवक महतो, केदार सुस्लिङ, लीलाधर महतो, रामहरि दुलालले अनिश्चितकालीन आमरण अनशन बसेका हुन् । 

गत साउन महीनादेखि नेपाल सरकारले वृद्धि गरिएको प्रति मजदूर रु तीन हजार ७५० उद्योग प्रशासनले नदिएको भन्दै सो को माग गर्दै विभिन्न चरणका शान्तिपूर्ण आन्दोलन सम्पन्न गरिसकेका मजदूरले इण्डष्ट्रिजको मूलगेट अगाडि आमरण अनशनमा बसेका हुन् । 

अहिले उखु क्रसिङ मौसम भएकाले उद्योगको कामकाज प्रभावित नहुने गरी शान्तिपूर्णरुपमा उद्योगको मूलगेट अगाडि अनशन शुरु गरेको मजदूर नेता पर्शुराम खनालले बताउनुभएको छ । 

खाइपाइ आएको तलबभत्ता कुनै पनि हालतमा कटौती गरिनु नहुनेतर्फ सचेत गराउँदै विभिन्न समयमा उद्योग प्रशासनसँग वार्ता सम्पन्न गरिएको अर्का मजदूर नेता मुरारी दुलालले जानकारी दिनुभएको छ । 

आमरण अनशनमा बसेका मजदूरलाई प्रदेशसभा सदस्य भरतप्रसाद साहले फूलमाला र अबीर लगाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group