काठमाडौं,२१ माघ । राजधानीको ज्ञानोदय उच्च माध्यामिक विद्यालयमा पहिलो पटक सेनेटरी प्याड भेन्टिङ मेसिन जडान हुदाँ छात्राहरु हर्षित भएका छन । यो मेसिनबाट छात्राहरुले आवश्यक परेको समयमा प्याड निकालेर प्रयोग गर्न सक्छन ।
जस्मा एक रुपैंयाको सिक्का हालेपछि आफै प्याड बाहिर आउने गर्छ र आवश्यक अनुसार प्रयोग गर्ने सकिने हुन्छ । उक्त विद्यालयका छात्रा यो सिस्टम लागू हुदाँ खुशी भएका हुन् ।
यस विषयलाइ मध्यनजर गर्दै उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सरकारलाई महिनावारीको कारणले हुने विभिन्न समस्या समाधान गर्न स्यानिटरी प्याडसहितको अलग शौचालय बाध्यकारी बनाउन सिफारिस गरेको शिक्षाविद् तथा समितिका पूर्वसदस्य डा .बाबुराम अधिकारी बताएका छन । समस्या सबै महिलासँग भएपनि लुकाइछुपाइ राख्ने, लजाउने, डराउनेजस्ता समस्याले मुलुकमा जरो गाडेको छ ।
प्रतिक्रिया दिनुहोस्