ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनगढीद्वारा दुई विदेशी खेलाडी अनुबन्ध


admin
२१ माघ २०७५, सोमबार   ३ : १४   बजे

काठमाडौं,२१ माघ ।  यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका लागि धनगढी स्टार्सले दुई विदेशी खेलाडी क्लबमा भित्र्याएको छ । 

क्लबले संयुक्त अरब इमिरेट्स (युएइ)का कप्तान रोहन मुस्तफा र भारतका सागर त्रिवेदीलाई आफ्नो टिममा भित्र्याएको जनाएको छ । अलराउन्डर मुस्तफाले युएइ राष्ट्रिय टोलीका लागि २७ एकदिवसीय अन्तर्राष्ट्रिय र २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । 

सागर त्रिवेदी सन् २०१५ को इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सको लागि छनौट भएका खेलाडी हुन् । उनी पनि अलराउन्डर हुन् । राष्ट्रिय टोलीका रणनीतिक खेलाडी (मार्की प्लेयर) अलराउण्डर सोमपाल कामी रहेको धनगढीमा अन्य खेलाडी पवन सर्राफ, दिपेश श्रेष्ठ, सौरभ खनाल, विपिन खत्री, हरिबहादुर चौहान, अमित श्रेष्ठ, राजु रिजाल, रोविन क्षेत्री, सुनील धमला, सन्दीप रजाली र धिरज शाही छन् । 

प्रतियोगिता टी–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टोलीले अरु टोलीसँग एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टोलीको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ । प्रतियोगितामा कुल १९ खेल हुनेछ । 

देशकै सर्वाधिक ठूलो धनराशि पुरस्कारको क्रिकेट प्रतियोगिताको रूपमा २०७३ र २०७४ सालमा डिपिएलको पहिलो र दोस्रो संस्करण भएको थियो । दुवै संस्करणको उपाधि चौराह धनगढी टोलीले जितेको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group