रूकुम ,२२ माघ । रूकुममा साढे तीन वर्षीया नाबालिका माथि बलात्कार भएको छ । सोमबार दिउँसो १ बजे नाबालिकालाई बलात्कार गर्ने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
नाबालिका बलात्कारको अभियोगमा सिस्ने गाउँपालिका(५, का ३१ वर्षीय मदन भनिने भरत गौतमलाई रूकुम पूर्व प्रहरीले पक्राउ गरेको छ। अन्य साथीभाइसँगै बसिरहेका गौतम पिसाव गर्न भन्दै हिँडेका थिए ।
गौतम हिँडेकै ठाउँतिर नाबालिका रोएको सुनेपछि उनीहरु हेर्न जाँदा आपत्तिजनक अवस्थामा भेटाएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्