ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा तरकारी बिक्री नै हुन छाडेपछि किसान मारमा


admin
२२ माघ २०७५, मंगलबार   १२ : ३४   बजे


चितवन ,२२ माघ । चितवनमा तरकार बिक्री नै हुन छाडेपछि किसानहरुले खेतमै तरकारी नष्ट गरेका छन् । पूर्वीचितवनको खैरहनी–१ बहेराका किसानहरुले तरकारीको मूल्य नपाएको र बिक्री नभएको भन्दै तरकारी नष्ट गरेका हुन् ।

उनीहरुले खेतमा लगाएको तरकारी ट्याक्टरले जोताएका छन् । तरकारीमा पनि बिशेष गरि बन्दाको मूल्य नपाएको र बिक्री समेत नभएको किसानहरुले गुनासो गरेका छन् । सोमबार मात्रै खैरहनी १ बहेरामा करिब ११ कठ्ठामा लगाइएको बन्दा किसानहरुले बारीमा नै नष्ट गरेका छन् ।

एक महिनासम्म तरकारीले भाउ पाउला, बिक्री होला भनेर कुरेर बस्दाबस्दै तरकारी बिक्री नभएको बरु बारीमै कुहिने अवस्था आउन लागेकोले जोत्न परेको स्थानिय किसान नवराज भूषालले बताए । अघिल्लो बर्ष त्यँिह जग्गामा लगाएको तरकारीबाट करिब ९० हजार आम्दानी भएको तर यस बर्ष एक रुपैयाँ पनि आम्दानी नभएको भूषालले बताए ।

तिन कठ्ठामा बन्दा उत्पादन गर्न करिब २१ हजार लागत लागेको उनको भनाई छ । सोहि स्थानकी नरबदा सापकोटाको दुखेसो पनि उस्तै छ । ३२ कठ्ठामा तरकारी खेती गर्दै आएकी सापकोटाले केहि दिनअघि मात्रै ब्रो काउली र बन्दा लगाएको करिब १५ कठ्ठा बारी तरकारी सहित जोताइन्् । केहि तरकारी त काटेर गाईभैसीलाई समेत खुवाएको तर पशुचौपायलाई समेत चिसो होला भनेर खुवाउन छोडेको उनले बताइन् ।

अब बाँकी रहेको १७ कठ्ठाको तरकारी पनि केहि दिनमै जोताउन पर्ने स्थिति रहेको उनले बताईन् । प्रतिकठ्ठा २ हजार ५ सयको दरले भाडा तिर्ने गरि लिएको २२ कठ्ठा जग्गामा लगाइएको तरकारी बिक्री नभएर बारीमै जोत्नु पर्ने अवस्था आएको भन्दै सापकोटाले दुखेसो गरिन् ।

खैरहनी १ बहेराकै इन्दिरा भूषालले पनि सोमबार ६ कठ्ठामा लगाएको बन्दा जोताइन् । अघिल्लो बर्ष डेढ लाख आम्दानी गरेकी उनले यसबर्ष एक रुपैयाँको समेत बन्दा बिक्री नगरी जोताउन परेको बताइन् ।

उनको जस्तै समस्या अहिले बन्दा लगाउने धेरै किसानको रहेको छ । सोहि स्थानकी देपकला खनालले ७ कठ्ठामा लगाएको बन्दा नष्ट गर्ने तयारीमा रहेकी छिन् । अघिल्लो बर्ष ४ कठ्ठामा लगाएको तरकारीबाट १ लाख आम्दानी भएको थियो राम्रो होला भनेर यसबर्ष ६ कठ्ठामा लगाँउदा एक रुपैयाँ पनि आम्दानी नगरि तरकारी जोत्नुपर्ने अवस्था आएको उनले बताइन् ।

सोहि स्थानका सूर्य प्रसाद भूषालले समेत दुई कठ्ठामा लगाएको बन्दा जोताए । भाउ पाउला कि भनेर कुर्दा कुर्दा तरकारी बिक्री भएन, अर्को वाली लगाउने समय समेत आएकोले बाध्य भएर तरकारीसहित बारी जोताएको उनले बताए ।

किसानहरुले मूल्य नपाँउदा खेतबारी मै तरकारी नष्ट गर्नुपर्ने अवस्था आउदाँ समेत बजारमा भने उपभोक्ताले प्रतिकिलो १५ रुपैयाँमा बन्दा खरिद गरिरहेका छन् । अहिले चितवनमा बन्दा, काउलीको उत्पादन बढी भएकाले मूल्य नपाएको फलफूल तथा तरकारी थोक व्यवसायी संघ नारायणगढका अध्यक्ष थिर प्रसाद धितालले बताए ।

अहिले थोक बजारमा बन्दा चार –पाँच रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको उनले बताए । सबैले एउटै तरकारी लगाउनु भन्दा किसानहरुले फरक फरक तरकारी लगाए यस्तो समस्या नआउने र सबै तरकारीले मूल्य पाउने उनले दावी गरे ।

चितवनमा करिब ४६ हजार हेक्टरमा खेतीयोग्य जग्गा रहेको जसमध्ये करिब ६ हजार हेक्टरमा तरकारी खेतीहुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu