ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काङ्ग्रेसमा केन्द्रीय सदस्यले वडाबाटै चुनिनुपर्ने बहस जारी


admin
२८ माघ २०७५, सोमबार   ७ : ५०   बजे

 काठमाडौ,२८ माघ । नेपाली काङ्ग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्यले पार्टीको वडा समितिबाटै निर्वाचित हुनुपर्ने विषयमा बहस जारी छ । 

गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो ।

महासमिति बैठकमा मुख्यगरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो । 

यस विषयमा काङ्ग्रेस केन्द्रीय समिति बैठकमा पक्ष र विपक्षमा दुवै थरीका धारणा आएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराउनुभयो । यही बहसका कारण महासमिति बैठकपछि केन्द्रीय समिति बैठक पटक पटक बसे पनि पार्टीको विधानले अझै अन्तिम रुप पाउन सकेको छैन ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा आज केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, शङ्कर भण्डारी, मीन विश्वकर्मा, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, प्रवक्ता शर्मा, हरिप्रसाद नेपाल र अमृत अर्यालले आ–आफ्नो धारणा राख्नुभएको थियो । 

केन्द्रीय सदस्य बडूले महासमिति बैठकमा आएको सुझाव विधानमा समेट्न पार्टी नेतृत्व विचलित हुन नहुने धारणा राखेको बताउनुभयो । साथै उहाँले विधानमा देखिएका अन्य अस्पष्टतालाई शीघ्र टुङ्ग्याएर संविधानअनुसारका पार्टी संरचना बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

अर्का केन्द्रीय सदस्य श्रेष्ठले समावेशिता भनेको मनोनयन नभई सम्बन्धित क्लस्टरका व्यक्तिबीच प्रतिस्पर्धा हुने भएकाले यसमा कुनै पनि रोक लगाउन नहुने धारणा राख्नुभएको थियो । 

त्यस्तै केन्द्रीय सदस्य भण्डारीले महासमिति बैठकमा ठूलो सङ्ख्यामा सदस्यले हिन्दू राष्ट्रका पक्षमा हस्ताक्षर गरेकाले यस विषयलाई पार्टीले आत्मसात् गर्नुपर्ने धारणा राखेको बताउनुभयो ।

बैठकमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट दिनुभएको राजीनामा सभापति देउवाले स्वीकृत गर्नुभएको थियो । केन्द्रीय कार्यसमितिको अर्को बैठक भोलि २९ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group