
काठमाडौं,२९ माघ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाइ धोका दिएको बताएका छन ।
मंगलबार गोरखाको आरुघाटमा आयोजित अन्तरक्रियामा बोल्दै उनले प्रचण्डले माओवादीलाई एमालेमा मिसाएर धोका दिएको बताएका हुन ।उनले आफूले माओवादी छाडेका नभई माओवादीले आफ्नो काम सकिसकेपछि थप अगाडि बढेको बताए ।
उनले बूढीगण्डकी परियोजनामा मुख्य पार्टीका तीनवटा शीर्ष नेताले कमिशन खाएको समेत गम्भीर आरोप लगाएका छन । पार्टीका नेताहरुले गडबडी गर्दा नेता कार्यकर्ताले उनीहरुलाई निरन्तर खबरदारी गर्नुपर्नेमा उनले जोड दिएका छन ।
प्रतिक्रिया दिनुहोस्