
भैरहवामा,२९ माघ । बाल सुधार गृहमा विभिन्न अपराधमा सजाय भोगी रहेको ६ जना थुनुवा कैदि सोमबार राती फरार भएका छन् ।
भैरहवामा रहेको बाल सुधार गृहमा रहेका चोरी मुद्यामा संलग्न चार र जबरजस्ती करणी मुद्यामा संलग्न दुई गरी ६ जना कैदि थुनुवाहरु फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले जानकारी दिएका छन ।
भाग्ने क्रममा लहै लहैमा लागेर दुई दिन पछि छुट्ने थुनुवा पनि भागेको प्रहरी प्रमुख थापाले बताएका छन । कारागारलाई बाल मैत्रि बनाउनका लागी गत वर्ष देखी १८ वर्ष मुनिका पुरुष कैदी र थुनुवालाई जिल्ला कारागार देखी बाहिर बाल सुधार गृह राख्न थालीएको थियो ।
सोमबार राती १२ बजेको समयमा उनिहरुले सुधार गृहमा रहेको आफुहरु बस्ने कोठाको झ्याल निकाली त्यसबाट बाहीर निस्कीएर कम्पाण्ड वालमा लगाएको काडेतार हटाएर फरार भएको सुधार गृहका प्रमुख सुभद्रा गौतमले बताईन । सुधार गृह असईको कमाण्डमा १० जना प्रहरी सुरक्षार्थ रहेका थिए ।
फरार हुनेमा जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका देवदह नगरपालिका ७ रुपन्देहीका १६ वर्षीय जीवन खत्री, जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका नौबाहिनी गाउँपालिका ४ प्युठानका १६ वर्षीय सुरेश घर्ती रहेका छन् ।
त्यसैगरी चोरी मुद्दामा एक महिना १५ दिन सजाय र ८८ हजार एक सय रुपैयाँ जरिवाना तोकिएर तानसेन नपा ३ पाल्पाका १७ वर्षीय सन्दीप रणपाल छन् ।
त्यस्तै चोरी मुद्दामा एक महिना कैद र २ लाख ५२ हजार जरिवाना तोकिएर सजाय भुक्तान गरिरहेका विरुवा गापा ४ स्याङ्जाका १७ वर्षीय अनिश थापा, चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गाईघाट नेपालटार ३ उदयपुरका १७ वर्षीय सिद्धार्थजंग लामा (सविन पौडेल) र चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बुटवल उपमनपा ८ का १५ वर्षीय राजेश सुनार फरार भएका हुन । सुधार गृहमा ७२ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्