ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निगमले जहाज पूर्ण क्षमतामा उडाउने


admin
२९ माघ २०७५, मंगलबार   ५ : ३२   बजे

काठमाडौं,२९ माघ । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा रहेका सबै जहाजलाई पूर्ण क्षमतासाथ सञ्चालनमा ल्याउने जनाएको छ । विमान चालक ९पाइलट० को अभाव र मर्मतका लागि ग्राउण्डेड भएका जहाजलाई साता दिनदेखि एक महीनाभित्र सबै जहाज चलाउने तयारी भइरहेको निगमले जनाएको हो । 

पछिल्लो समयमा पाइलट अभावले सबै चिनियाँ जहाज ग्राउण्डेडलगायतका समाचार सञ्चार माध्यममा आएका थिए । निगमका जहाज साच्चिकै ग्राउण्डेड भएका हुन त रु भन्ने रासससँगको जिज्ञासामा निगमका सहायक प्रवक्ता नवराज कोइरालाले केही जहाज पाइलट अभाव तथा मर्मतका सिलसिलामा भएका जहाजबाट पनि छिट्टै उडान गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । 

“वाई–१२ जहाजमध्ये केही एक साताभित्र उडाउँछौँ, बाँकी जहाजको पनि पाइलटको व्यवस्था गरी छिट्टै पूर्ण रुपमा सञ्चालन गर्ने योजनामा छौँ”,उहाँले भन्नुभयो ।

सहायक प्रवक्ता कोइरालाकाअनुसार निगमका तीन पाइलटमध्ये दुई जनाले बिरामी बिदा लिएको र एक पाइलट प्रोफिसियन्सी चेक ९पिपिसी० का लागि बुधबार चीन जानेछ । फर्केपछि आगामी १५ तारिखदेखि वाइ १२ को उडान शुरु गरिनेछ । 

पाइलट अभावले वाई १२ चार वटा जहाज उड्न नसकेको निगमको भनाइ छ । अहिले तीन वटा ट्वीन अटर जहाजले मात्र आन्तरिक उडान गरिरहेको छ ।

दुई एमए–६० जहाजमध्ये एक मर्मतमा रहेको र अर्को ‘टु यर्ली’ चेकको क्रममा रहेकोले यो जहाजले पनि छिट्टै उडान भर्ने निगमले जनाएको छ । निगमसँग आन्तरिक उडानका लागि दुई एमए ६०, चार वाई–१२, र तीन ट्वीन अटर गरी नौ जहाजले विभिन्न २२ गन्तव्यमा उडान भर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा फेरि लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

विश्वका घातक हिमनदीजन्य विपद् : नेपाल–तिब्बतको बाढी पनि विनाशकारी सूचीमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu