
झापा,२ फागुन । भारतीय रेलमा छुटेका नवजात शिशुलाई करिब पाँच महिनापछि भारतको पश्चिम बंगालबाट उद्धार गरी नेपाल फर्काइएको छ ।
साना हातहरु नेपाल नामक संस्था भद्रपुरको पहलमा भद्रपुर नगरपालिका ५ निवासी सोमनाथ यादव र उनकी श्रीमती रावरी पोद्धारकी ८ महिनाका नवजात शिशु (छोरा) लक्ष्मण यादवलाई बुधवार बेलुका भारतबाट उद्धार गरी नेपाल फर्काइएको हो ।
भारतको सिलगुढीस्थित सिभिल अस्पतालबाट उद्धार गरी ल्याइएको लक्ष्मणलाई साना हातका अनुसंन्धान प्रमुख अनिल लिम्बुको नेतृत्वमा गएको टोलीले वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठमार्फत उनका बुबाआमालाई छोरा जिम्मा लगाएको हो ।
सोमनाथका अनुसार छोराछोरीसहित श्रीमती भारतको किशनगञ्ज माइती गएकी र नेपाल घर फर्किदाँ नवजात छोरा रेलमा छुटेका बताएका छन ।
यता साना हातका भद्रपुर स्टेशन म्यानेजर बिक्रम वाग्लेका अनुसार नवजात शिशुलाई नेपाल फर्काउन भारतीय प्रहरी प्रशासन र कलकत्तास्थित नेपालका लागि वाणिज्य दुतावासले सहयोग गरेको बताए । ‘नवजात शिशु अस्पतालमा रहेको थाहा पाएपछि संस्थाले दुवै देशका कानुनी प्रक्रिया पुरा गरी शिशुलाई सकुशल उद्धार गरी नेपाल फर्काएर ल्याएको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्