ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय रेलमा छुटेका नवजात शिशुलाई पाँच महिनापछि नेपाल फर्काइयो


admin
२ फाल्गुन २०७५, बिहिबार   ४ : २०   बजे

झापा,२ फागुन । भारतीय रेलमा छुटेका नवजात शिशुलाई करिब पाँच महिनापछि भारतको पश्चिम बंगालबाट उद्धार गरी नेपाल फर्काइएको छ ।

साना हातहरु नेपाल नामक संस्था भद्रपुरको पहलमा भद्रपुर नगरपालिका ५ निवासी सोमनाथ यादव र उनकी श्रीमती रावरी पोद्धारकी ८ महिनाका नवजात शिशु (छोरा) लक्ष्मण यादवलाई बुधवार बेलुका भारतबाट उद्धार गरी नेपाल फर्काइएको हो ।

भारतको सिलगुढीस्थित सिभिल अस्पतालबाट उद्धार गरी ल्याइएको लक्ष्मणलाई साना हातका अनुसंन्धान प्रमुख अनिल लिम्बुको नेतृत्वमा गएको टोलीले वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठमार्फत उनका बुबाआमालाई छोरा जिम्मा लगाएको हो ।

सोमनाथका अनुसार छोराछोरीसहित श्रीमती भारतको किशनगञ्ज माइती गएकी र नेपाल घर फर्किदाँ नवजात छोरा रेलमा छुटेका बताएका छन ।

यता साना हातका भद्रपुर स्टेशन म्यानेजर बिक्रम वाग्लेका अनुसार नवजात शिशुलाई नेपाल फर्काउन भारतीय प्रहरी प्रशासन र कलकत्तास्थित नेपालका लागि वाणिज्य दुतावासले सहयोग गरेको बताए । ‘नवजात शिशु अस्पतालमा रहेको थाहा पाएपछि संस्थाले दुवै देशका कानुनी प्रक्रिया पुरा गरी शिशुलाई सकुशल उद्धार गरी नेपाल फर्काएर ल्याएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा फेरि लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

विश्वका घातक हिमनदीजन्य विपद् : नेपाल–तिब्बतको बाढी पनि विनाशकारी सूचीमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu