
धादिङ, २ फागुन । अवैध लागूऔषध चरेश करिब ९ केजी सहित दुइजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गजुरी गाउँपालिका(५ देउरालीबाट बेनिघाट रोराङ गाउँपालिका(१ सुन्दरीनागी बस्ने ३५ वर्षीय बिकास तामाङ र सोही ठाउँ बस्ने २१ वर्षीय मनिष लामालाई चरेश सहित विहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा.२५ प ५२९३ नम्बरको मोटरसाइकल जाँच गर्दा कालो झोलामा प्लाष्टिकले बेरेको अवस्थामा उक्त लागूऔषध फेला पारी उक्त मोटरसाइकल सहित चालक मनिष र मोटरसाइकलमा सवार बिकासलाई पक्राउ गरेको बताइएको छ । यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्