
काठमाडौं,२ फागुन । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँची भूमिकास्थान नगरपालिका(१ छेडापोखरी बस्ने १२ वर्षीया बालीकालाई जर्वजस्ती करणी गर्ने प्युठान मल्लरानी गाउँपालिका(२ सिउतेथुम्की बस्ने ६८ वर्षीय डन्ने बिकलाई विहिबार प्रहरीले पक्राउ गरेको हो ।
माघ २८ गते जबरजस्ती करणी गरी फरार रहेका बिकलाई स्थानीयले नियन्त्रणमा लिएको भन्ने खबर पाप्त हुनासाथ प्रहरी चौकी ढाकाबाङ र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको बताइएको छ ।
यसै गरी दुहवीभलुव नगरपालिका(९ बस्ने ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका(१ बस्ने २२ वर्षीय सलमोदिन मियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
को .२ ह २०११ नम्बरको सिटि सफारीका चालक मियाले बालिकालाई फकाई सिटि सफारीमा हाली विराटनगर महानगरपालिका(४ ईकराइस्थित उखुबारीमा लगेर जवरजस्ती करणी गर्न खोज्दा स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले सिटि सफारी सहित मियालाई पक्राउ गरेको हो । यस विषयमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्