
डोटी, २ फागुन । साइबर क्राइमको आरोपमा डोटीमा एक किशोरी पक्राउ परेकी छन् । सामाजिक सञ्जालबाट आफ्नै विद्यालयमा अध्ययन गर्ने साथीको तस्बीरको प्रयोग गर्दै अन्य व्यक्तिसँग अश्लील कुरा गर्ने र अश्लील काम गर्छु भन्दै अश्लील कुरा सामाजिक सञ्जालमार्फत गर्ने गरेको भन्दै उनका नाममा पीडित महिलाले अपराध महाशाखा काठमाडौँमा मुद्दा हालेकी थिइन् ।
पीडित किशोरीको निवेदनका आधारमा आरोपित किशोरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो ।
घटनाको संवेदनशीलतालाई मध्यनजर गरी आरोपी र पीडितको नाम गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
आरोपीलाई थप अनुसन्धानका लागि अपराध महाशाखा काठमाडाँै हनुमान ढोका पठाउने तयारी भइरहेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक धामीले बताउनुभयो ।
यस विषयमा आरोपित खड्कबहादुर मगरले आफ्नो घरमा फिरन्ते व्यापारी चार जना जुम्ली आएको र उनीहरुले लोकल कुखुरा खाने भनेपछि उनलाई ब्युँझाउन झ्यालबाट हात हालेको बताएको प्रहरी प्रवक्ता तथा धाँमीले जानकारी दिनुभयो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र अनुसन्धानपछि आरोप प्रमाणित भए मुद्दा चलाइने डोटी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्