काठमाडौं, २ फागुन। नेपालगञ्जबाट रुकुमको राडीतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरको बस जाजरकोटको रिम्नामा भेरी नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ ।
कार्यालयका प्रहरीका अनुसार अहिलेसम्म ३ जनाको शव भेटिएको छ भने ५ जनाको उद्दार भएको छ ।
दुर्घटनाको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रिम्नाको टोली उद्दारमा खटिएको छ । प्रहरी निरीक्षक केशरबहादुर कार्की नेतृत्वमा २५ जनाको प्रहरी टोली उद्दारमा गएको छ । पानी परिरहेकाले उद्दारमा समस्या भएको छ ।
प्रतिक्रिया दिनुहोस्