काठमाडौं,३ फागुन । बझाङमा पानीमा डुबेर एक बालकको मुत्यु भएको छ । बझाङको छवीसपाथीभेर गाँउपालीका घर भई सदरमुकाम चैनपुर नजिकै सिमखेतमा बस्दै आएका जनक मन्डेलका छोरा अढाई वर्षिय सक्षम मन्डेलको नहरमा डुबेर मृत्यु भएको हो ।
शुक्रवार एघार बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले निमित्त प्रहरी नायव निरिक्षक नैनहादुर सावदले जानकारी दिएका छन । मृत्युको कारण भने अहिले सम्म खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्