टोकियो, ६ फागुन । जापानमा २८५३ औँ (फाग ल्हो सुङ्गुर वर्ष) सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।

आइतवार नेपाल तामाङ समाज जापान केन्द्रिय समितीको आयोजना टोकियोको मेगूरो हलमा बृहत् ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष तथा नेपाल तामाङ घेदुङ संघीय सचिवालय विदेश विभाग प्रमुख टासी लामाले सरकारको बिभेदकारी रणनितीका कारण ल्होछार पर्वलाई पर्वको रुपमा नभई आन्दोलनको रुपमा मनाउनु पर्ने बाध्यता भएको उल्लेख गर्नुभयो ।उहाले राज्यको हरेक अंगमा तामाङको सहभागिता नभय सरकारको विकासको नारा असफल हुने बताउनुभयो ।
त्यसगरी कार्यक्रममा बिशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बूले ल्होसारले आदिवासी समुदायको मौलिक पर्वको जगेर्ना र संरक्षण गर्न आवश्यक रहेको बताउदै एक भएर आवाज वुलन्द गरिने समय भएको बताउनुभयो ।

‘सोनाम ल्होछारको प्रवर्दन हाम्रो साँस्कृतिक सरोकार,ताम्सालिङ प्रदेशको निर्माण हाम्रो राजनीतिक अधिकार’ भन्ने मुल नाराको साथ कार्यक्रम सम्पन्न भएको थियो ।
तामाङ संस्कृती झल्कने भेष र पोषाकमा उपस्थित दर्शकलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा ख्याति प्राप्त गायक रोज मोक्तानले मेगूरो हल तताएका थिए भने स्थानीय कलाकारहरूको समेत भव्य प्रस्तुति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्