
चितवन, ५ फागुन । चितवनको नारायणी ईङग्लीस पब्लिक विद्यालयले भव्यका साथ रजत महोत्सव मनाएको छ ।
भुतपूर्व सैनिकहरुले आफ्ना सन्ततीलाई अंग्रेजी शिक्षाको आवश्यक्ता पुरा गर्ने उदेश्यले भरतपुर ११ मा बि. सं. २०५१ सालमा नारायणी ईङग्लीस पब्लिक विद्यालयले रजत महोत्सव मनाएको हो ।
यो स्कुल चितवनको पाँचौं नीजि विद्यालय थियो । युद्धमा वीरगती प्राप्त गरेका करिव २ सय वालवालिकालाई आवासीय सुविधा सहित सैनिक ढाँचाको अनुशासनमा पठन पाठन संचालन गरिएको छ । यस विद्यालयमा १ हजार ७ सय भन्दा वढी विद्यार्थीहरुले नियमित पठपाठन गरिरहेका छन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर खनालले नारायणी पव्लिक संस्थागत विद्यालय भएपनि अभिभावकको चाहाना बमोजीम कम खर्चमा गुणस्तरीय शिक्षा प्रदान गर्न लागिपरेको बताउनुभयो ।
हाल कक्षा १२ सम्म विद्यालय तह र स्नातक तर्फको कलेज तह पनि नारायणी पब्लिकले सञ्चालन गर्दै आएको छ । प्राविधिक शिक्षालाई जोड दिदैं दक्षजनशक्ति उत्पादनमा आफुहरुको ध्यान रहेको अध्यक्ष खनालले बताउनुभयो ।
रजत महोत्सव समारोहका प्रमुख अतिथी त्रिभुवन विश्वविद्यालयका पूर्व सहायक डिन बिष्णु कोइरालाले सबै शिक्षालयहरुले अब गुणस्तरिय शैक्षिक उत्पादनमा ध्यान दिनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । विकसीत प्रविधिको रचानात्मक प्रयोग गर्दै बिद्यालयहरु अघि बढ्नुपर्ने कोइरालाको भनाई थियो ।
कार्यक्रममा नेपाल शिक्षक महासंघका केन्द्रीय सहअध्यक्ष पूर्णप्रसाद दवाडीले शिक्षक, अभिभावक र बिद्यार्थी गरी तिनै पक्षको सकारात्मक मेहनत रहन सके राम्रो शैक्षिक उत्पादन हुनसक्ने बताउनुभयो । नारायणी नमुना माविका प्रधानाध्यापक समेत रहनुभएका दवाडीले समग्र देशको शैक्षिक विकासका लागी सरकारी तथा नीजि सवै बिद्यालयको स्तरउन्नती आवश्यक रहेकोमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्