ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणी पब्लिक विद्यालयले मनायो रजत महोत्सव


एबीसी न्यूज
६ फाल्गुन २०७५, सोमबार   १२ : ३५   बजे

चितवन, ५ फागुन । चितवनको नारायणी ईङग्लीस पब्लिक विद्यालयले भव्यका साथ रजत महोत्सव मनाएको छ ।

भुतपूर्व सैनिकहरुले आफ्ना सन्ततीलाई अंग्रेजी शिक्षाको आवश्यक्ता पुरा गर्ने उदेश्यले भरतपुर ११ मा बि. सं. २०५१ सालमा नारायणी ईङग्लीस पब्लिक विद्यालयले रजत महोत्सव मनाएको हो ।
यो स्कुल चितवनको पाँचौं नीजि विद्यालय थियो । युद्धमा वीरगती प्राप्त गरेका करिव २ सय वालवालिकालाई आवासीय सुविधा सहित सैनिक ढाँचाको अनुशासनमा पठन पाठन संचालन गरिएको छ । यस विद्यालयमा १ हजार ७ सय भन्दा वढी विद्यार्थीहरुले नियमित पठपाठन गरिरहेका छन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर खनालले नारायणी पव्लिक संस्थागत विद्यालय भएपनि अभिभावकको चाहाना बमोजीम कम खर्चमा गुणस्तरीय शिक्षा प्रदान गर्न लागिपरेको बताउनुभयो ।

हाल कक्षा १२ सम्म विद्यालय तह र स्नातक तर्फको कलेज तह पनि नारायणी पब्लिकले सञ्चालन गर्दै आएको छ । प्राविधिक शिक्षालाई जोड दिदैं दक्षजनशक्ति उत्पादनमा आफुहरुको ध्यान रहेको अध्यक्ष खनालले बताउनुभयो ।
रजत महोत्सव समारोहका प्रमुख अतिथी त्रिभुवन विश्वविद्यालयका पूर्व सहायक डिन बिष्णु कोइरालाले सबै शिक्षालयहरुले अब गुणस्तरिय शैक्षिक उत्पादनमा ध्यान दिनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । विकसीत प्रविधिको रचानात्मक प्रयोग गर्दै बिद्यालयहरु अघि बढ्नुपर्ने कोइरालाको भनाई थियो ।
कार्यक्रममा नेपाल शिक्षक महासंघका केन्द्रीय सहअध्यक्ष पूर्णप्रसाद दवाडीले शिक्षक, अभिभावक र बिद्यार्थी गरी तिनै पक्षको सकारात्मक मेहनत रहन सके राम्रो शैक्षिक उत्पादन हुनसक्ने बताउनुभयो । नारायणी नमुना माविका प्रधानाध्यापक समेत रहनुभएका दवाडीले समग्र देशको शैक्षिक विकासका लागी सरकारी तथा नीजि सवै बिद्यालयको स्तरउन्नती आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group