ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आलेख : विवाह भन्दा खर्चिलो व्रतबन्ध !


एबीसी न्यूज
६ फाल्गुन २०७५, सोमबार   ३ : १४   बजे


काठमाडौँ –  मौलिक रीतिथिति र संस्कृतिमा धनी मानिएको नेपाली समाजमा सकी नसकी त्यस्ता परम्परा धान्नै पर्ने मान्यता छ । सुन्दा अचम्म लाग्न सक्छ कि पहरी जातिमा विवाह भन्दा पनि व्रतबन्ध खर्चिलो हुने गर्छ । परम्परा धान्ने नाममा कतिपयलाई ऋण नै खोज्नुपर्ने अवस्थामा पु¥याउँछ । धेरैले घरखेत बन्धकीमा राखेर परम्परा धानेका हुन्छन् । 

गोदावरी नगरपालिका वडा नं ४ बडिखेलका ५५ वर्षीय नरबहादुर पहरीका नाति आशीषको ११ वर्षको उमेरमा व्रतबन्ध हुँदैछ । नरबहादुरले नातिको व्रतबन्धमा ३०० जना साथीभाइ, नातागोता र आफन्तलाई निमन्त्रणा गर्ने योजना बताउनुभएको छ । 

उहाँका अनुसार व्रतबन्धमा निमन्त्रणा गरिएकामध्ये २५ जना महिलालाई पछ्यौरा र चोलो, अनि २५ जना पुरुषलाई ७ हातको फेटा र टोपी बाँड्नै पर्ने चलन छ । 

नरबहादुरले भन्नुभयो – “बाजामा ३० देखि ५० हजार रुपैयाँ जति खर्च हुन्छ । घरका हरेक सदस्यलाई नयाँ लत्ताकपडा हालिदिनुपर्छ । चौध थरिका गेडागुडी भिजाएर सितन बनाउनुपर्छ । स्वस्थानी व्रतकथाको अन्तिम दिन देवालीमा व्रतबन्ध गर्ने चलन हुँदा अनिवार्य हाँस, कुखुरा, बोका र कुमारीपाठीको मासु चाहिन्छ । सगुनमा जाँड, रक्सी, छ्याङ्ग, अण्डा, पान र माछा सबैको जोडजाम गर्न र भोज खुवाउन झण्डै ५ लाख खर्च हुने अनुमान गरेको छु ।” 

बडिखेल घर भएका राजु पहरी र सरस्वती प्रहरीका ११ वर्षीय छोरा अजय पहरीको भोलि फागुन ७ गते व्रतबन्ध हुँदैछ । छोरोको व्रतबन्धमा ४०० जना साथीभाइ र नातागोतालाई उहाँ निमन्त्रणा गर्दै हुनुहुन्छ । 

व्रतबन्ध अघिपछि गरी लगभग एक हप्ताको भोज, तीन वटा खसी, दुई वटा हाँस, तीन वटा कुखुराको भाले, तीन बोरा चामलको जाँड, १०० लिटर रक्सी, बाजा र भाँडाकुँडा सबै गरी पाँच देखि साढे पाँच लाख रुपैयाँ जति खर्च हुने उहाँ अनुमान गर्नुहुन्छ । 

त्यसैगरी, बडिखेल निवासी ५४ वर्षीय अलैची पहरीका १३ वर्षीय नाति विकल पहरीको पनि भोलि नै व्रतबन्ध छ । अलैचीको डाक्नुपर्ने पाहुनाको सूची ६०० देखि ७०० जनासम्मको छ । 

उहाँले भन्नुभयो – “नजीकका पुरुष आफन्तलाई २०० वटा फेटा, टोपी र २०० वटा पछ्यौरा चोलो, धोती बाँड्नुपर्छ ।” दुई वटा पोथी हाँस, पाँच वटा कुखुराको भाले, एउटा कुमारीपाठी, ४ वटा खसी, ३० किलो कुखुराको मासु, बाजा, भोज र भाँडाकुडा किनमेलमा ६ देखि ७ लाख खर्च हुन्छ ।” 

नेपाली समाजमा आ–आफ्नो परम्परा र संस्कारअनुसार विवाह तामझामका साथ गर्ने चलन छ । कतिपयले आफ्नो हैसियत नभए पनि अरुलाई देखाउन कै लागि बढी खर्च गर्छन् । विवाहमा धेरैजसो मानिसको बढी नै खर्च हुने गर्छ । बडिखेलका पहरी जातिको व्रतबन्ध विवाह भन्दा पनि महङ्गो हुने गर्छ । पहरी परम्परा, संस्कृति र रीतिरिवाज नेवार समुदायको जस्तै देखिए पनि कुनै रुपमा मेल नखाने पहरी अग्रज दलबहादुर पहरीले बताउनुभयो । 

पहरीले हरेक वर्ष स्वस्थानी व्रतकथा समाप्तिको अन्तिम दिन देवाली गर्ने गर्छन् । यही देवालीमै उनीहरुको व्रतबन्ध गर्ने सदियौँ पुरानो चलन छ । पहरीको व्रतबन्धमा विवाहमा जस्तै विभिन्न प्रकारका बाजागाजा राख्नैपर्छ । 
यो जातिमा प्रेम विवाह गर्ने चलन बढी छ । हरेक बिजोर वर्ष छोरो नातिको व्रतबन्ध हुने गर्छ । यदि व्रतबन्ध गर्न आँटेको वर्ष कुनै छेकथुन भएमा अर्काे बिजोर वर्षमा छानिन्छ । 

यस जातिमा देवालीका दिन प्रत्येक घरबाट हाँस अनिवार्य निकाली काट्ने चलन रहेको छ । हाँस बिना देवाली हुँदैन । स्थानीयवासी पवित्रा पहरीले भन्नुभयो – “हाँस काट्ने, चामलको रोटी (चटामरी) पकाउने, कुलदेवतालाई चढाउने र रोटीमाथि हाँसको टाउको राखेर घरको थकालीलाई दिने चलन छ । सादा चामलको रोटीमा हाँसको फिला हाली सासू र जेठानीलाई घरकी कान्छी बुहारीले दिने चलन अझै कायम छ ।” 
यस जातिको व्रतबन्धमा मामाभारी र फुपूभारी ल्याउने चलन छ । भान्जाको व्रतबन्धमा मामाले लुगा, जुत्ता, गहना गाग्रो, करुवा, पूजाको थाली, १४ थरीका काँचो वा पाकेका सितन, जाँड, रक्सी, चिउरा र मासु दिन्छन् । 

भान्जाको व्रतबन्ध सम्पन्न गरी मामामाइजूलाई विदा नगरेसम्म उनीहरु भान्जाको घरमा बस्ने चलन छ । भान्जाको व्रतबन्ध सम्पन्न गरेर घर फर्कंदा उनीहरुलाई काटेर खुइल्याइएको बोकाको फिलामा चार:पाँच हजार रुपैयाँ राखेर धूपबत्ती बाली पूजा गरी विदा गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group