ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुखुरा मर्न थालेपछि कृषकलाई ठूलो क्षति


एबीसी न्यूज
६ फाल्गुन २०७५, सोमबार   ४ : ५५   बजे

 
काठमाडौँ – कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । 

रोगका कारण कुखुरा मर्ने र उत्पादन घट्ने हुँदा कृषक ठूलो मात्रामा नोक्सान व्यहोर्न बाध्य भएका हुन् । पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागार्इंका अनुसार मङ्सिरमा हेटौँडामा देखिन शुरु गरेको रोग पूर्वी चितवन हुँदै नवलपरासीसम्म फैलिएको छ । दैनिक प्रयोगशालामा ४० वटा हाराहारी नमूना परीक्षणका लागि आउने गरेका छन् । तीमध्ये १० वटा हाराहारीमा एच नाइन देखिएको उहाँले बताउनुभयो । 

नमूना नल्याइएका र समस्या देखिएका कुखुराका खोर पनि प्रशस्त रहेको उहाँले बताउनुभयो । कार्यालयले दुई सयभन्दा बढी नमूना थप परीक्षणका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाएको उहाँले बताउनुभयो । 

प्रमुख डा चापागाईँका अनुसार जैविक सुरक्षा अपनाएर उपचार गरेका कृषकका कुखुरा २५ प्रतिशतसम्म मरेको भए पनि सुरक्षा अपनाउन नसकेका कतिपय खोरका सबै कुखुरा मरेको उहाँले बताउनुभयो । 

शुरुमा लेयर्स कुखुरामा देखिएको यो समस्या माउ कुखुरा ९प्यारेन्ट० र ब्रोइलरमा पनि देखिन थालेको छ । यो रोगको सङ्क्रमण देखिन थालेपछि शुरुमा दाना नखाने, बिरामी कुखुराले मुन्टो पखेटामुनि राखेर बस्ने, आँखाको डिल सुनिने, अण्डा घटाउँदै लैजाने, अण्डाको बोक्रा पातलो हुने र झोक्राएर मर्न थाल्ने चापागाईंले बताउनुभयो । 

बर्डफ्लूकै वर्गको रोग भए पनि कुखुरा मर्दा राज्यले अनुदान नदिने र बीमा कम्पनीले बीमा नगरिदिने हुँदा कृषक मर्कामा परेको नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्डफ्लु हुँदा राज्यले अनुदान दिन्छ, तर उत्तिकै नोक्सान हुने एच नाइनमा कसैको सहयोग रहँदैन ।” 

उहाँका अनुसार विगत सात÷आठ वर्षयता एच नाइनका कारण वर्षेनी कृषकले ठूलो नोक्सानी व्यहोर्दै आएका छन् । बढ्दो दानाको मूल्य र घट्दो अण्डाको मूल्यका कारण अण्डा उत्पादक कृषक पलायन हुने अवस्था सिर्जना भएको बेलामा रोगले कुखुरा मर्न थालेपछि थप समस्या व्यहोर्नु परेको उहाँले बताउनुभयो । 

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार वर्षौदेखि रोग विरुद्धको खोप दिनुपर्ने माग गरेको भए पनि राज्यले बेवास्था गर्दा वर्षेनी अर्बौंको नोक्सान पोल्ट्री क्षेत्रले व्यहोर्नु परेको बताउनुभयो । उहाँका अनुसार गैरकानुनी रुपमा लुकाइछिपाइ भित्रिएको खोपले केही कुखुरा बच्ने गरेको भए पनि अधिकांश कुखुरामा रोग देखिँदा समस्या भएको छ । 

नेपालका ठूला कुखुरापालक कृषकसमेत रहनुभएका विष्टले भन्नुभयो, “हाम्रो मन्त्रालयको अर्कमण्यता र पशुसेवा विभागको बदमासीका कारण कृषकले हरेक वर्ष अर्बौको क्षति व्यहोर्नु परेको छ ।” विष्टका अनुसार एच नाइन देखिएका कुखुराले उत्पादन नदिने तर दाना खाइरहने हुँदा कृषकले नोक्सानी व्यहोर्नु परेको छ । उत्पादन घटेपछि बिक्री भएका सङ्क्रमित कुखुराका कारण रोग झनै फैलिने गरेको उहाँले बताउनुभयो । 

नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्ष टीकाराम पोखरेल सरकारले खोप भित्र्याउन अनुमति दिएमा यी समस्या हटेर जाने बताउनुहुन्छ । देशमा आत्मनिर्भर भएको पोल्ट्री व्यवसायमा वर्षौदेखि देखिएको यो रोगका कारण कृषक विस्थापित हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । 

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार गत वर्षभन्दा कम कुखुरा मरेको भए पनि उत्पादन निकै घटेको छ । जसका कारण कृषकले ठूलो क्षति व्यहोरेको उहाँले बताउनुभयो । 

प्रयोगशालाका प्रमुख डा चापागार्इंका अनुसार नेपालकै रोग लागेका कुखुराहरुबाट खोप तयार गरेर दिन व्यवसायी तयार रहेको भन्दै सरकारले नीतिगत निर्णय गर्न मात्रै बाँकी रहेको बताउनुहुन्छ । 

नेपालमा कुखुरापालन क्षेत्रमा झण्डै रु एक खर्ब लगानी भएको व्यवसायीले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group