ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शहिद स्मृतिको उपाधि देशभक्तलाई


एबीसी न्यूज
१० फाल्गुन २०७५, शुक्रबार   ६ : ४७   बजे


काठमाडौं, १० फागुन ।  यहाँ सम्पन्न चौथौ शहिद स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि देशभक्त युवा क्लब नवलपरासीले हात पारेको छ । 

आज भएको फाईनल खेलमा सिद्धार्थ क्लब चपरहट्टीलाई २–१ गोल अन्तरले पराजित गर्दै देशभक्तले उपाधि चुमेको हो । उपाधिसंगै देशभक्तले नगद रु एक लाख एक हजार र मेडल, कप, तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सिद्धार्थले रु ५० हजार पाँच सय सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 
प्रतियोगितामा देशभक्तका बिरेन्द्र सारु उत्कृष्ट गोलरक्षक, बिनोद केवट सर्वाधिक गोलकर्ता र सिद्धार्थका अनिष गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । शहिद स्मृति खेलकुद क्लबको आयोजना तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको सहकार्यमा रामनगर मैदानमा भएको खेलका विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीलाई एक समारोहमा प्रदेश नं ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरी र नेकपाका केन्द्रिय सदस्य बामदेव क्षेत्रीले पुरस्कार वितरण गर्नुभएको थियो । 

लुम्बिनी कप कराते प्रतियोगिता 

प्रथम अन्तर मावि जिल्ला स्तरीय लुम्बिनी कप कराते प्रतियोगिता यहाँ शुरु भएको छ । नेपाल सितोरियो कराते संघ रुपन्देहीको आयोजनामा आजदेखि शुरु भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नुभयो । 

बुद्ध जन्मस्थल लुम्बिनीसँग कराते खेललाई जोडेर अन्तराष्ट्रियस्तरमा पहिचान बनाउने लक्ष्यसहित विद्यालयस्तरमा प्रतियोगिता गरिएको नेपाल सितोरियो कराते संघका अध्यक्ष उमेश थापाले बताउनुभयो । जिल्ला खेलकुद विकास समितिको परिसरमा हुने प्रतियोगितामा २३ विद्यालयका खेलाडीले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक कृष्ण देवकोटाले जानकारी दिनुभयो । महिला, पुरुषका कातासमेत गरि कुल २० स्वर्ण, २० रजत र ४० कास्य पदकका लागि खेल हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group