ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्व महेन्द्रनारायण प्रजातान्त्रिक आन्दोलनकै ‘निधि’ : राष्ट्रपति भण्डारी


admin
१३ फाल्गुन २०७५, सोमबार   ७ : ३६   बजे

काठमाडौं,१३ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरल र सादगी व्यक्तित्वको धनी स्व महेन्द्रनारायण निधि सबैका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको छ । महेन्द्रनारायण निधि प्रतिष्ठानले स्व निधिको ९७ औं जन्मजयन्तीको अवसर पारेर आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले स्व निधि नेपालको प्रजातान्त्रिक आन्दोलनमा इतिहासकै एक ‘निधि’का रुपमा रहनुभएको छ भन्नुभयो । 

राष्ट्रपतिले भन्नुभयो, “निधिले अङ्गाल्नुभएको निष्ठाको राजनीतिक सबैका लागि स्मरणीय छ । अहिंसा, शान्ति, सद्भाव, सामाजिक न्याय र लोकतन्त्रका अथक अभियन्ता स्व निधि सदाचार जीवन र उच्च जीवनका अनुपम उदाहरण हुनुहुन्थ्यो ।” 

स्व निधि नेपालको प्रजातान्त्रिक आन्दोलनका ‘युग पुरुष’ भएको उल्लेख गर्दै उहाँले जनताको हकअधिकार प्राप्तिमा सधैँ अग्रपङ्क्तिमा रहेर लड्नुभएका निधिले प्राप्त प्रजातन्त्र, जनताको हकहितको संरक्षण एवं संवद्र्धनमा समेत आफूलाई समर्पित गर्नुभएको बताउनुभयो । 

राष्ट्रपतिले भन्नुभयो, “पद र पार्टीभन्दा माथि देश र जनालाई ठूलो ठान्ने स्व निधिका मूल्यमान्यता अनुकरणीय र अनुसरणीय छ ।” विचारअनुरसारको व्यवहार र वचनअनुसारको कर्मको विशिष्ट प्रतिबिम्बका रुपमा रहनुभएका स्व निधिबाट अहिलेका राजनीतिक पुस्ताले समेत सिक्नुपर्ने बताउनुभयो । 

राष्ट्रपतिले भन्नुभयो, “सत्यको बाटोमा एक्लै भए पनि हिँड्ने निधिको स्वभाव र सङ्घर्ष उहाँका उदाहरणीय पाठका रुपमा रहेको छ । पद क्षणिक हुन्छ तर प्रतिष्ठा हासिल गर्न लामो तपस्या, सङ्घर्ष र सत्कर्मको खाँचो पर्दछ भन्ने निधिको आदर्श भावना मननयोग्य छ ।” 

स्व निधिलाई प्रजातन्त्रिक आन्दोलनसँग जोड्ने राष्ट्रिय दृष्टिकोणको नेता र आम नेपालीको नेता भएको स्मरण गर्दै उहाँले राष्ट्रिय एकता र सद्भावको भावनालाई बलियो बनाउन स्व निधिले राष्ट्रिय राजनीतिमा खेल्नुभएको भूमिका वर्तमान र भविष्यका लागिसमेत सान्दर्भिक हुने बताउनुभयो । 

कार्यक्रममा राष्ट्रपति भण्डारीले स्व निधिको सम्मानमा स्थापित ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार’ तथा उहाँकी धर्मपत्नीको सम्मानमा स्थापित ‘प्रेमसागरीदेवी निधि पुरस्कार’ २०७४ र २०७५ बाट समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्नुहुने व्यक्तित्वलाई प्रदान गर्नुभयो । 

राष्ट्रपतिले २०७४ सालको ‘महेद्रनारायण निधि राष्ट्रिय पुरस्कार’ वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशी र स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान दिनुभएका डा गौरीशङ्करलाल दासलाई संयुक्त रुपमा प्रदान गर्नुभयो । उक्त पुरस्कारको राशि रु एक लाख एक हजार रहेको छ । २०७४ सालको ‘प्रेमसागरीदेवी निधि पुरस्कार’ महिला चेता विस्तार र जागरणमा सक्रिय कुमारीलक्ष्मी राईलाई प्रदान गरियो । उक्त पुरस्कारको राशि रु ५१ हजार रहेको छ । 

त्यस्तै राष्ट्रपति भण्डारीले २०७५ सालको ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार’ प्रजातान्त्रिक योद्धा तीर्थराम डङ्गोल र मानवअधिकारवादी रामनारायण देवलाई संयुक्त रुपमा प्रदान गर्नुभयो । २०७५ सालको ‘प्रेमसागरीदेवी निधि पुरस्कार महिला जागरणका साथै सामाजिक सुधार अभियानमा संलग्न शान्ति कार्की र मानवअधिकारका लागि एकल महिलाको संरक्षण संरक्षणकी अध्यक्ष मैना कार्कीलाई प्रदान गरियो । 

सो अवसरमा पूर्वसभामुख दमननाथ ढुङ्गानाले आस्था र अहिंसाप्रतिको अडान नै निधिको आदर्श भएको बताउनुभयो । स्व निधिको व्यक्तित्वको मौलिकता असाधारण पाएको उल्लेख गर्दै उहाँले स्व निधि नेताको पनि नेता हुनुहुन्थ्यो भन्नुभयो । 

कार्यक्रममा स्व निधिका सुपुत्र एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले पुरस्कृत अतिविशिष्ट व्यक्तित्वले समाज सुधारमा थप प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । पुरस्कार छनोट समितिका संयोजक डा बिमल कोइरालाले स्व निधिको आदर्शसँग मेल खाने र समाजमा विशिष्ट योगदान पु¥याउनुभएका व्यक्तित्वलाई छनोट गरिएको बताउनुभयो । पुरस्कार छनोट समितिमा डा कोइराला, प्राडा कुमार कोइराला, प्रा नवेन्द्र निधि र दुर्गा घिमिरे सहभागी हुनुहुन्थ्यो । 

प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले स्व निधिका जीवनका विभिन्न पक्षमाथि अनुसन्धान गरी पुस्तकका रुपमा कृति प्रकाशन गरिने बताउनुभयो । अहिंसा, शान्ति, लोकतन्त्र, सामाजिक न्याय तथा समुदायकाबीच सद्भावनाका अभियानकर्मी स्व निधिको सम्मानमा २०७० सालदेखि समाजमा जागरण ल्याउन भूमिका खेल्नुहुने विशिष्ट व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । प्रतिष्ठान विसं २०५८ मा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group