उदयपुर, १५ फागुन । कटारी नगरपालिका-८ घुम्ती बस्ने १० वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक व्यतिmलाई प्रहरीले पक्राउ गरेको छ ।
चितवन कठार नगरपालिका-४ घर भई हाल कटारी नगरपालिका-८ श्री जनप्रिय निमाबि सिरिसेका अस्थाई शिक्षक २८ वर्षीय बिनोद लोहनीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेका हो ।
पढाउने बहाना गरी लोहनीले बालिकाको घरको कोठामा गएर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चेक प्वाईन्ट बेतिनिबाट खटिएको प्रहरीले लोहनीलाई पक्राउ गरेको बताइएको छ । यस विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्