
काठमाडौँं, १६ फागुन काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा वर्षा र हिमपात भएको छ। काठमाडौं उपत्यकाका भक्तपुरका बालकोट, ललितपुरको लेले र काभ्रेको बनेपा तथा धुलिखेल लगायतका क्षेत्रमा हिमपात भएको छ।
मौसम विभागले बिहिबार दिउँसोबाट पानी पर्न रोकिने जनाएको छ। त्यसैगरी विभागले भोली घाम लागे पनि पर्सिबाट फेरि अर्को पश्चिमी वायु सक्रिय हुने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्